Hey Grade 12 Students, your exams are near so work hard.

Ghanaghasyako Ukalo Katda | Exercise | Lesson 3 | NEB Class 12 Nepali Notes

Ghanaghasyako Ukalo Katda | Exercise | Lesson 3 | NEB Class 12 Nepali Notes - Nepali Educate

पाठ ३ : घनघस्याको उकालो काटत

Ghanaghasyako Ukalo Katda

शब्दभण्डार

१. शब्द र अर्थको जोडा मिलाउनुहोस् : उत्तर :
सुदूर धेरै टाढाको
स्नेह मायाप्रेम
अद्वितीय उत्तम, अतुलनीय
सहारा मरुभूमि संसारको एउटा ठुलो मरुभूमि
काँचुली शरीरबाट अलग हुने सर्पको पातलो छाला
अनन्त कहिल्यै अन्त नहुने
गाड खोलो
ढुङग्यानी ढुङगढुङ्गै भएको
विकट अप्ठेरो, कठिन
यथेष्ट पर्याप्त, चाहिँदो, पुग्दो
भयावह डरलाग्दो
२. शब्दकोशको सहायताले तलका शब्दको अर्थ लेख्नुहोस् :
अररो, अग्घोर, उग्राउनु, चरन, विरहलाग्दो, कुर्लनु, आकृति, सहृदय, मरुद्यान, यत्रतत्र

उत्तर :
शब्द अर्थ
अररो नदोबिन्रे, ननिहुरिने, विनम्र नभएको
अग्घोर ज्यादैनै
उग्राउनु पशुहरूले (गाई भैँसी) पहिले घाँस खाने र पछि पचाउने काम
चरन पशुहरू चर्ने ठाउँ
विरहलाग्दो दिक्कलाग्दो, दुःखलाग्दो
कुर्लनु कराउनु, डुक्रनु, ठुलो स्वरले बोल्नु
आकृति छायाँचित्र
सहृदयी कोमल मन भएको, हृदयसहितको
मरुद्यान मरुभूमिको बगैँचा
यत्रतत्र जताततै
३. तलका कुनै पाँचओटा टुक्काको प्रयोग गरी एक अनुच्छेदमा गाउँमा रहेका आफन्त वा साथीको घर जाँदाको संस्मरण लेख्नुहोस् :
उत्तर :

मेरो घर सिरहाको बन्दीपुर हो । मलाई एक दिन मेरी मिल्ने साथी रचनाको घर जनकपुर जान मन लाग्यो तर म पहिले कहिल्यै घर छाडेर एक्लै हिँडेकी थिइनँ । आ ! एक्लै पुगिहाल्छु नि भनेर मनलाई ह्याकुलाले छोपेर म घरबाट बिहानको ९ बजेतिर हिँडेँ । बसपार्कमा पुग्नेबित्तिकै फटाहा केटाहरूले जिस्काएका छन्, जसले मलाई रातोपिरो भएका छन्। बसमा जसैजसै चढिरहेको बेला भिडभएकाले गर्मीले निराशा का हिसाबले भिजेँ। बस्न पाइएन भने त फिट्फिटी नै पो पर्ने भो त भन्ने पनि लाग्यो । तैपनि साथीको घरमा पुग्ने र साथीलाई भेटरे कुरा गर्न पाइँने कल्पनाले म मख्ख परकेी थिएँ । एउटा सिट मिलाइदिनुहोस् न भनेर मैले आग्रह गर्दा बसका सहचालकले कानमा तेल हालेझैँ गरे १ म भने उभिदाँ उभिँदा हुरुक्क भइसकेकी थिएँ । त्यति हुँदाहँदुै पनि एक्लै जनकपुर पुगेर मैले नाक ठाडो पार्नु नै थियो । यता भोकले लखतरान पारेकाले छिटो पुग्न पाए हातमुख जोर्न पाइन्थ्यो भन्ने पनि लागिरेहको थियो । मैले बन्दीपुरबाट यात्राको श्रीगणेश गरेर जनकपुरसम्म पुगी यात्रा फत्ते गर्नु थियो । साथीको घरमा पुगेपछि चाहिँ ढुक्क हुन्छ अथार्त् दुनो सोझिन्छ भन्ने पनि लागिरहेको थियो । बल्ल बल्ल दिउँसो झण्डै २ बजे मात्र लखतरान पररे म जनकपुर स्थित साथीको घरमा पुगेँ ।

४. पाठमा प्रयोग भएका निम्नलिखित स्थानीय भाषिका तथा कथ्य बोलीको सही रूप लेख्नुहोस् :
उत्तर :
शब्द अर्थ
बाटामी बाटामा
गाड खोलो
पडन्छ भेटिन्छ
अलेलि अलि अलि
जेमराज यमराज
पर्तिर परतिर

बोध र अभिव्यक्ति

२. यस नियात्रामा तपाइँर्लाई सबैभन्दा रोचक लागेको घटना कुन हो, भन्नुहोस् ।
उत्तर :

नियात्राकार अर्थात् लेखकलाई पोखरामा एउटी महिलाले मकै भुटिदिएर पहिले पैसा लिएर दिएपछि पानी र भुटेका मकै खाँदा स्वर्गानुभूति भएको र महिलाले नजिकै खोलो भेटिन्छ भन्दा लेखक निकै डराएका सन्दर्भ चाहिँ अलिक रोचक लागेको छ ।

३. पाठको दोस्रो अनुच्छेदमा उल्लेख भएका स्थानको सूची बनाउनुहोस ् ।
उत्तर :

खप्तड, तुम्लिङ, राजापुर, तिल्केनी, घनघस्या, चन्दनी, अघोरी गाड, पुवा खोला, टुकुचा, सतबाँझको लेक, ट्याम्के डाँडा, अन्तु डाँडा, चन्द्रागिरि ।

४. तलको नियात्रांश पढी सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :
प्रश्नहरू
  1. सेती नदी र घनघस्याका बिचमा रहेका समानता र भिन्नता के के हुन् ?
  2. उत्तर: कास्की जिल्लाको पोखराको सेती नदी पृथ्वीको गर्भमा भासिएको छ, खोँच पारेर बगेको छ, जुन देख्न पनि कठिन छ, तर घनघस्याको उकालो भने आफने शिरमा हिउँका केस सजाएर, काला ढुङगमा जिङ्गरङग् रुख ठडयएर कठोरताको प्रतीकको रूपमा अग्लिएको छ।

  3. घनघस्यालाई कसरी मानवीकरण गरिएको छ ?
  4. उत्तर : घनघस्याको उकालो कठोरताको प्रतीक हो । यसले आफने शिरमा हिउँको केस राखेको छ, बिचमा रुखहरू भए पनि यो रिसाएको मान्छेजस्तो ठिङग् उभिएको छ किनभने यो कुनै पनि अवस्थामा झुक्नेवाला देखिदैन । मान्छेले आफने कठोरतासँग धेरै दुःख पाए भन्ने यसलाई लागेको छैन भन्नेर मानवीकरण गरिएको छ ।

५. दिइएका नियात्रांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
प्रश्नहरू
  1. घनघस्याको उकालो चढद अन्य विभिन्न ठाउँका सकडलाई सराप्नुपर्ने कारण के हो ?
  2. उत्तर : घनघस्याको उकालो कठोरताको प्रतीक हो । लगाएको टोपीले खस्लाजस्तो ठाडो उकालो छ, ठसठसी कनेर लेखकहरू उकालो चढिरहेका छन्, पसिनाले लुछ्रुप्पै भिजेका छन्, पानीसमेत खान पाएका छैनन् त्यसैले अन्य सुविधायुक्त ठाउँहरूमा सडकमा यात्रा गरी यहाँको कठिनतासँग तुलना गर्दा, सुविधायुक्त ठाउँलाई सरापिरहेका छन्।

  3. निल आर्मस्ट्रङहरूलाई किन चन्द्रमामा पुग्न फिटफिटी परेन ?
  4. उत्तर : निलआर्मस्ट्रङहरू चन्द्रमामा जाँदा सुविधाका सबै सामग्री लिएर गएका थिए होलान् त्यसैले उनले नियात्राकारले भोगेकोजस्तो कठोरताको सामना गर्नुपरेन, ठसठसी कन्नुपरेन होला भन्ने लेखकको अनुमान रहेको छ ।

६. पाठमा भनिएजस्तै अहिले पनि घनघस्या क्षेत्रको बाटाको यात्रा त्यत्तिकै कठिन छ त ? त्यस क्षेत्रका साथी अथवा शिक्षकसँग सोधखोज गरी अहिलेको अवस्था थाहा पाउनुहोस् र पहिले र अहिलेका बिचको भिन्नता लेख्नुहोस् ।
उत्तर :

घनघस्याको उकालो अहिले पनि कठोरताकै प्रतीकका रूपमा रहेको छ भनेर जानकारहरू बताउँछन् । पृथ्वीकै अनुपम सौन्दर्यका रूपमा रहेको यस्तो पावन स्थलमा जानका लागि न्यूनतम् पूर्वाधारको विकास गरिनुपर्ने नियात्राकारको आशय भए पनि सरकारको ध्यान त्यता अहिलेसम्म गएको छैन भन्ने कुरा पनि जानकारहरू बताउँछन् । तर घनघस्याको उकालोको फेदसम्म चाहिँ अहिले मोटर पुग्ने गरेको जानकारी पनि पाइएको छ ।

८. भाव विस्तार गर्नहोस् :

(क) यो हिउँ मेरो थियो, मेरो मुटुको थियो र हिमाली हार्दिकता बोकेको र चम्किलो थियो ।

उत्तर :

नियात्राकारहरूले प्रायः नेपालीहरूले हिउँ, कुल्चन, र खले नपाएको कुरा उल्लेख गरेका छन्। उनी आफैँले पनि २००१ सालमा इलाममा हिउँ परेको देखेका हुन् र एक दुईपल्ट दार्जििलङ जाँदा हिउँ देखेका थिए तर हिउँसँग राम्ररी खेल्न र हिउँको परिचय भने उनले राम्ररी प्राप्त गर्न पाएका थिएनन् । जब उनी बेलायत गए त्यहाँ भने उनले प्रशस्त हिउँसँग साक्षात्कार गरेका थिए तर बेलायतको हिउँ विदेशी हिउँ थियो, अर्काको देशको हिउँ थियो भने घनघस्याको उकालो कटेपछि भेटिएको हिउँ चाहिँ स्वदेशी हिउँ थियो, नियात्राकारको देशरूपी मुटुको हिउँ थियो र हिमाली हार्दिकता बोकेको र चम्किलो हिउँ थियो । यहाँ लेखकले आफ्नो भनेको आफ्नो हो र पराया भूमि भनेको पराया नै हो भन्ने दृष्टान्त पेस गरेका छन् र यही दृष्टान्तका माध्यमबाट नियात्राकारले राष्ट्रवादी भावना सम्प्रेषण गरेका छन् । हरेक नेपालीको अन्तरमनमा राष्ट्रवाद अन्तर्निहित हुनुपर्छ भन्ने सन्देश पनि सम्प्रेषण गरेका छन् ।

(ख)प्रकृतिसित जुध्नु नै जीवनको रमाइलो हो भन्ने भावनालाई हयराकुलाले छोपेर नै म सुदूरपश्चिमको भ्रमणमा निक्कैको थिएँ।।

उत्तर :

नियात्राकारले यो निबन्धमा हाम्रो देश नेपालको प्रकृति ठाउँअनुसार फरक फरक रहेको छ भन्ने दृष्टान्त पेस गरको छन् । कहीँ अत्यन्तै रमणीय छ भने कहीँ रमणीयताका साथसाथै कठोरता पनि छ । यात्रामा निस्किसकेपछि सजिलो मात्रै खोजेर पाइँदैन, कठोरताको पनि सामना गर्नुपर्ने हुन्छ । हिँडद्ै जाँदा जजे स्ता अप्ठ्यारा भेटिन्छ त्यसलाई भोग्नुपर्ने हुन्छ । त्यसैले नियात्राकार आफने घरबाट निस्कँदा नै यात्राको कठोरताको सामना गर्ने दृढताका साथ सदूर पश्चिमको घनघस्याको उकालो चढ्न निस्केका छन् ।

९. दिइएको गद्यांश पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् स्(गद्य+अंशस्गद्यांश)

प्रश्नहरू :

(क) दूतावासले के काम गर्छ ?
उत्तर :

विदेशको कुनै दूतावासले आफने क्षेत्रमा विभिन्न सिलसिलाले आएका नेपालीहरूले त्यहाँ भोग्नुपरेका समस्यालाई सुनिदिने र सम्भव भएसम्मका समाधानका प्रयत्न गरिदिने काम गर्दछ, अलपत्र परके ाहरूलाई उद्धार गर्नेसम्मको काम गर्दछ ।

(ख) किन दूतावासलाई आमासँग तुलना गरिएको हो ?
उत्तर :

कुनै पनि देशमा रहेको नेपाली दूतावास नेपालआमाको प्रतिनिधित्व गर्ने आधिकारिक संस्था हो । जसरी बालबालिकाले आफने पिरमर्का आफ्नी आमालाई सुनाउँछन् त्यसैगरी विदेशमा विभिन्न कारणले पुगेका र समस्यामा परको नेपालीहरूले आफन पिर, मर्का, व्यथा आफ्नै मातृभाषामा सुनाउन पाउने र समाधानका प्रयत्न गरिदिने संस्था भएकाले पनि विदेशमा रहेका नेपाली दूतावासलाई आमासँग तुलना गरिएको हो ।

(ग) दूतावासको उपस्थिति नभएका देशमा कस्ता समस्या हुन्छन् ?
उत्तर :

नेपाली दूतावास नभएका विदेशी भूमागमा त्यहाँ रहको नेपालीहरूले आफन् ा समस्या, पिर, व्यथा सुनाउन र समस्या समाधानका उपाय खोजिदिने नेपालको प्रतिनिधित्व गर्ने संस्थाको अभाव महसुस गर्नुपर्दछ ।

१०. दिइएको गद्यांश पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस्

प्रश्नहरू :

(क) केका लागि स्वदेशी तथा विदेशी पुँजीको परिचालन गर्नुपर्छ ?
उत्तर :

कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान बढाउनका लागि स्वदेशी तथा विदेशी पुँजीको परिचालन गर्नुपर्छ र एकल बिन्दु सेवा केन्द्रका माध्यमबाट वैदेशिक लगानी प्रवर्धन गरी समृद्धि हासिल गर्नसकिन्छ ।

(ख) गरिबी न्यूनीकरणका उपाय के के हुन् ? उत्तर :

स्वदेशमा उपलब्ध स्रोतसाधन र श्रमको उपयोग गररे औद्योगिक उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गर्नका लागि लघु, घरेलु तथा साना उद्योगको संरक्षण र प्रवर्धन गरी रोजगारी सिजर्ना गर्नसकिन्छ अनि गरिबी न्यूनीकरण, नेपाली वस्तु तथा सेवाका लागि लगानीमैत्री वातावरण सिर्जना, आयात प्रतिस्थापन र निर्यात प्रवर्धनका माध्यमबाट अर्थतन्त्रलाई सुदृढ गनर्स कियो भने गरिबी न्यूनीकरण हुँदै जान्छ ।

(ग) अर्थतन्त्रलाई सुदृढ गर्न कस्ता उपाय अपनाउनुपर्छ ?
उत्तर :

आयात न्यूनीकरण तथा निर्यात प्रवर्धन गरी आन्तरिक माग पूर्ति गर्दै द्विपक्षीय, क्षेत्रीय र बहपु क्षीय व्यापार प्रणालीबाट अधिकतम लाभ लिनगे री वैदेशिक व्यापारसम्बन्धी योजना तथा कार्यव्रmम सञ्चालन गर्न आवश्यक छ । खाद्यान्न, औषधी तथा पेट्रोलियम पदाथर्ज स्ता अत्यावश्यक वस्तुको सरल र उचित मूल्यमा सहज उपलब्ध हुने व्यवस्था आवश्यक छ । यसका लागि आपूर्ति व्यवस्थापनमा सुधार ल्याई मूल्य स्थिरता कायम गर्नुपर्छ र अर्थतन्त्रलाई सुदृढ बनाउने यस्तै अनेक उपाय अवलम्बन गरिनुपर्दछ ।

(घ) उपभोक्ताको हकहितको संरक्षण कसरी गर्न सकिन्छ ?
उत्तर :

गुणस्तरीय वस्तु तथा सेवामा सहज पहुचँ पु¥याई उपभोक्ताको हकहित संरक्षण गर्नुपर्छ । खाद्यान्न तथा अन्य वस्तुमा हुने मिसावट, ठगी, कालोबजारी नियन्त्रण गर्न बजार अनगुमनलाई तीव्र बनाउन आवश्यक छ । यसका लागि विद्यमान ऐन नियमको प्रभावकारी कार्यान्वयन गनर्गेरी कार्यव्रmम कार्यान्वयन सञ्चालन गररे पनि उपभोक्ताको हकहित संरक्षण हुनसक्छ ।

११. तलका मध्ये कुनै दुईओटा शीर्षकमा निबन्ध लेख्नुहोस् :
(क) आत्मानुशासन
(ख) पृथ्वी बचाऔँ
(ग) सामाजिक सञ्जालको सदुपयोग
(घ) भ्रष्टाचार मुक्त देश
उत्तर :

आत्मानुशासन

आत्मानुशासन वा सेल्फ-डिस्सिप्लिन एक उच्च स्तरको आत्म-नियन्त्रण र आत्म-समर्पणको पर्याप्त तयारी रहेको हो। यो एक व्यक्ति आफ्नो लक्ष्यहरूमा समर्पित रहेको हो, र समय प्रबन्धन, स्वास्थ्य, र आत्म-विकासमा गर्वभरपूर प्रतिबद्ध छ। आत्मानुशासन एक सकारात्मक जीवन शैली बनाउँछ जुन व्यक्तिलाई आफ्नो लक्ष्यहरू तयारी गर्न, त्यसमा अग्रसर हुन, र जीवनमा सुधार गर्न अनुमति दिन्छ। आत्म-नियन्त्रणमा रही, व्यक्ति आफ्नो क्षमतामा विश्वास राख्छ र आत्म-निर्भरता विकसित गर्दछ।
आत्मानुशासन गर्ने व्यक्ति लागि आत्म-जागरूकता रहेको महत्त्वपूर्ण छ। यो व्यक्तिलाई आफ्नो स्वास्थ्य, ब्यायाम, र खानपानमा सतर्क रहन बनाउँछ र सही समयमा सही निर्णय गर्नमा मद्दत गरेको छ। आत्मानुशासन गर्ने व्यक्ति लागि समय प्रबन्धन पनि महत्त्वपूर्ण छ। व्यक्तिले आफ्नो समयलाई ठीक रुपमा व्यवस्थित राखेको छ भने उसले आफ्नो लक्ष्यहरूमा अग्रसर हुनमा सहायक हुन्छ। आत्मानुशासनमा सफलता प्राप्त गर्नका लागि, व्यक्तिले आफ्नो लक्ष्यहरू तयारी गर्न, समय प्रबन्धन गर्न, र आफ्नो क्षमताको पूर्णता तल पुर्याउने क्षमता प्राप्त गर्नुपर्छ।
आत्मानुशासन व्यक्ति लागि एक महत्त्वपूर्ण गुणसूची हो, जसले उसलाई जीवनमा सफलता प्राप्त गर्नमा मद्दत गरेको छ। यसले व्यक्तिलाई आत्म-नियन्त्रण, समर्पण, र सहनशीलतामा पुर्ण विश्वास प्रदान गर्छ। आत्मानुशासनमा रहेको व्यक्ति आफ्नो स्वास्थ्य र भविष्यको लागि जिम्मेदार बन्छ। यो उसलाई तत्पर बनाउँछ र स्वास्थ्य सुरक्षित राख्न र अध्ययन, काम, र अन्य गतिविधिहरूमा सफलता प्राप्त गर्नमा मद्दत गरेको छ।आत्मानुशासनमा रहेको व्यक्ति आत्म-नियन्त्रण, संयम, र सहिष्णुता मा माहिर हुन्छ। यो उसलाई जीवनमा आउने कठिनाइहरूसँग निराश नहुने र उच्चतम स्तरको स्थिति राख्नमा मद्दत गर्दछ।
आत्मानुशासनमा रहेको व्यक्ति आत्म-समर्पण र आत्म-समर्थनमा पनि पूर्णता प्राप्त गरेको छ। यो व्यक्तिलाई आफ्नो क्षमता र समर्पणमा समर्पित बनाउँछ र उसलाई आफ्नो लक्ष्यहरूमा समर्पित हुनमा मद्दत गर्दछ।आत्मानुशासनमा रहेका व्यक्ति आत्म-निर्भरता र आत्म-प्रगतिमा अग्रसर हुन्छ। यो उसलाई आत्म-सम्मान र आत्म-सुधारमा मद्दत गरेको छ र उसले आफ्नो प्रतिभा र क्षमताहरूलाई पूरा रूपमा प्रदर्शन गर्नमा सहायक हुन्छ।
आत्मानुशासनमा सफलता प्राप्त गर्नका लागि, व्यक्तिले विचार र आचरणमा समर्पित बन्नुपर्छ। यो उसले आफ्नो लक्ष्यहरूमा समर्पित रहनका लागि आत्म-परिचय र आत्म-समीक्षा गर्नमा मद्दत गरेको छ।आत्मानुशासनमा सफलता प्राप्त गर्नका लागि, व्यक्तिले आत्म-प्रेरणा र आत्म-उत्साहमा पनि मद्दत गरेको छ। यो उसलाई आत्म-सकारात्मकता र आत्म-मोटिभेसनमा सहायक बनाउँछ र उसले जीवनमा अझ उच्च स्तरमा पुग्नमा मद्दत गर्दछ। आत्मानुशासनमा सफलता प्राप्त गर्नका लागि, व्यक्तिले आत्म-समर्पण र आत्म-विकासमा पनि ध्यान दिनुपर्छ। यो उसले आत्म-उन्नति र समृद्धिका लागि आत्म-समर्पण गरेको छ र उसले आत्म-विकास र बृद्धिमा सहायक हुने छ।आत्मानुशासनमा सफलता प्राप्त गर्नका लागि, व्यक्तिले आत्म-सम्पूर्णता र आत्म-उन्नति को लागि आत्म-प्रेरित रहनुपर्छ। यो उसले आत्म-समर्थनमा रहेको छ र आत्म-सम्बन्धी सहायक बनाउँछ, जसले उसलाई आत्म-समृद्धि र शक्ति दिन्छ।
आत्मानुशासनमा रहेको व्यक्ति आत्म-समर्पण र आत्म-समर्थनमा पनि पूर्णता प्राप्त गरेको छ। यो व्यक्तिलाई आत्म-केन्द्रितता र आत्म-निर्भरतामा सहायक बनाउँछ र उसले आत्म-समर्थनमा पनि उच्च स्तरमा पुग्न र अग्रसर हुन समर्थ बनाउँछ।

सुनाइ र बोलाइ

१. सुनाइ पाठ ३ सुन्नुहोस् र दिइएका प्रश्नको उत्तर भन्नुहोस् : (क) यात्राको गन्तव्य कहाँसम्म थियो ? उत्तर :

यात्राको गन्तव्य काठमाडौँदेखि घान्द्रुकसम्मको रहेको थियो ।

(ख) लज कसले सञ्चालन गरेको थियो ? उत्तर :

पोखरामा पर्यटन विभागले लज सञ्चालन गरेको थियो ।

ग) तिब्बती शरणार्थी क्याम्पमा कस्तो परिवर्तन भएको रहेछ ? उत्तर :

डोक्पाहरूको बाहुल्य भएको नदीबाट ८७५ मिटर अग्लो स्थानमा रहेको तिब्बती शरणार्थी क्याम्प पहिले नदीको उच्च बगरका रूपमा रहेको थियो भने अहिले केराका बोटको हरियाली तथा जताततै घारीले ढाकेको एउटा सुसङ्गठित गाउँमा परिणत भएको रहेछ ।

(घ) अन्न कसरी लगिँदै थियो ? उत्तर :

गाउँका बाटामा उत्तरतर्फ थाकखोलामा खच्चडलाई अन्न बोकाएर लग्दै गरेको ताँती भेिटयो ।

२. यातायातको विकाससँगै तपाईँको गाउँ वा टोल छिमेकमा कस्तो परिवर्तन भएको छ, सुनाइ पाठ ३ का आधारमा छोटकरीमा भन्नुहोस् । उत्तर :

समयक्रमसँगै यातायातको विकास हुँदै गएको छ र यातायातको विकास भएपछि गाउसँ माजले रङ फेरेका छन् । पहिले मेरो गाउँमा जानका लागि रामा्रे बाटोघाटोको व्यवस्था थिएन, सवारीका साधन चल्दैनथे, वर्षामा (बर्खा) सडक हिलाम्य हुन्थे र ग्रामीण समाजका मानिसहरू वर्षामा चाहिने सम्पूर्ण सामानको जोहो हिउँदमै गर्दथे, कोही बिरामी परये भने पनि उपचारका लागि लैजान निकै कठिन हुन्थ्यो तर अहिले बाटोघाटोको विकास भएको छ, सवारीका साधन चलेका छन्, ग्रामीण समाजका मानिसहरूले उत्पादन गरके ा खाध्यान्न, तरकारी, फलफूल बिक्रीका लागि सहरसम्म लैजान सजिलो भएको छ, ग्रामीण समाजका मानिसहरूको आम्दानीको स्रोत बढेको छ र जीवनस्तर सहज भएको छ । साथसाथै आफन छोराछोरीलाई उचित शिक्षासमेत दिनसकेर उदाहरणीय काम गरिरहको छन् । त्यसैले वास्तवमै बाटो भनेको विकास रहेछ भन्ने हामा्रे गाउसँ माजका दृष्टान्तका माध्यमबाट प्रमाणित भइरहेको छ ।

भाषातत्त्व

१. लिङ्ग सङग्ति मिलाई दिइएको अनुच्छेद पुनर्लेखन गर्नहोस् : उत्तर :

हाम्रा बिचमा धेरै कुरा समान छन्। मेरा छोरा सानो छ। तिम्रा छोरा पनि सानो छ। मेरी छोरी विद्यालयमा पढ्छिन्। तिम्री छोरी पनि विद्यालयमा पढ्छिन्। मेरो एउटो भाइ छ। तिम्रो एउटो दाजु छ। मेरो एउटी दिदी हुनुहुन्छ। तिम्रो एउटी बहिनी छ।

२. वचन सङ्गति मिलाई दिइएको अनुच्छेद पुनर्लेखन गर्नहोस् : उत्तर :

डोल्मा, रामलाल, महेश, र म पुस्तकालय गएँ। पुस्तकालयमा धेरै पुस्तकहरू थिए। मैले पत्रिका पढें। डोल्मा ने कविता पढेँ। रामलाल र महेशले उपन्यास पढेँ। पुस्तकालयमा अन्य विद्यार्थीहरू पनि थिए, जस्तै कि सबैले पढ्ने लागि आएका थिए। सबैले पढ्ने लागि प्रयास गरेका थिए। दराजभरि पुस्तकहरू थिएं, र केहि पुस्तकहरू भुइँमा थिएं। भुइँमा एउटा पुस्तक झरिरहेको थियो, जसको अगाडि गाता च्यातिएको थियो। मैले तो पुस्तकलाई उठाएँ र पुस्तकालय व्यवस्थापन शाखाका कर्मचारीलाई दिएँ। व्यवस्थापन शाखाका कर्मचारीहरूले मलाई धन्यवाद दिए।

३. पुरुष सङग् ति मिलाई दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् : उत्तर :

म, तिमी र विश्वराज छिमेकी हौँ । म बिहान सबेरै उठ्छ्ु । तिमी बिहान सबेरै उठ्छौ । विश्वराज पनि बिहान सबेरै उठछ् । त्यसपछि हामी तीनैजना भेट हुन्छौँ । हामी आधा घण्टा दौडिन्छौँ । त्यसपछि म योगध्यान गर्छु, तिमी फुटबल खेल्छौ र विश्वराज ब्याटमिन्टन खेल्छ । बिहान आठ बजे हामी आआफ्ना घर जान्छौँ ।

४. आदर सङग् ति मिलाई दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् : उत्तर :

हाम्रो घरमा मेरा मामा आउँनुहुन्छ । मामाले मलाई राम्रा राम्रा किताब ल्याइदिनुहुन्छ । मामालाई भेटन पाउँदा मेरी बहिनी पनि धरे ै खुसी हुन्छे÷हुिन्छन् । तिमी पनि मेरा मामालाई भेटन् आउस्है ।

५. पुलिङग् भए स्त्रीलिङग् र स्त्रीलिङग् भए पुलिङग् मा परिवर्तन गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् : उत्तर :

मेरी आमा ७८ वर्ष हुनुभयो । मेरा बुबा ७२ वर्ष पुग्नुभयो । मेरा तीन दिदी, दुई बहिनी, दुई दाज ु र एक भाइ छन् । मेरा श्रीमान् असल र दयालु छन् । मेरा घरमा दुईओटा गोरु, एउटा भैँसी र केही बाखा्र पनि छन् । मसँग एक दजर्न कुखुराका भाले छन् ।

६. एकवचन भए बहुवचन र बहवु चन भए एकवचनमा परिवर्तन गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् : उत्तर :

उनीहरू घर गए । घरमा उनीहरूका दिदी थिइन् । उनीहरूका दाजहु रू काममा गएका थिए । त्यही वेला उनीहरूका साथीहरू पनि टुप्लुक्क आइपुगे । उनीहरूको आबाज सुनेर गोठका भैँसी पनि कराए । बाख्रो पनि म्याँ म्याँ गर्न थाल्यो । कुकुर पनि पुच्छर हल्लाउँदै उसकाने जिकै आएर सुँघ्न थाल्यो ।

७. तृतीय पुरुषमा परिवर्तन गरी दिइएको अनुच्छदे पुनर्लेखन गर्नुहोस् : उत्तर :

उसको शरीर अलिक मोटो भएकाले उकालो देख्नेबित्तिकै उसको सातोपुत्लो उडछ् । तेर्सो र ओरालो बाटामा उस्निकै छिटो हिँडन् सक्छ तर उकालो भने उसकालागि जमे राजजत्तिकै भयावह हुन्छ । उस्विवश थियो । उसले घनघस्या नकाटी भएको थिएन । पाटनका सहृदय व्यक्तिहरूले दिएका दुई लाँव्रmा उखु पहिले टेक्तै र पछि चबाउँदै उनीहरू एकोहोरो उकालिइरहे, उकालिइरहे ।

८. मध्यम आदरमा रूपान्तरण गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् : उत्तर :

तिमी मिहिनेती छयै । तिम्रो बानीबेहोरा पनि राम्रो छ । तिम्रा े पढाइ पनि राम्रो छ । जोसुकैलाई विश्वास गरिहाल्ने बानीमा भने तिमीले सुधार गर्नुपर्छ ।

९. सामान्य आदरमा रूपान्तरण गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् : उत्तर :

तिमी हिजो कहाँ गएका थियौ ? आज पनि कतै जान्छौ कि ? अहिलेको समयमा यसरी बाहिरतिर घुम्न ननिस्क । घरभित्रै बसेर व्यायाम गर । बरु किताब पढ, लेखहरू लेख ।

१०. उच्च आदरमा रूपान्तरण गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
उस्भोलि पोखरा जान्छे । उसकी दिदी पनि ऊसँगै पोखरा जान्छिन् । उनीहरू फेवाताल घुम्छन् । उनीहरू कविता लेख्छन् । पोखरामा उनीहरूका साथीहरू पनि छन् । उनीहरू साथीहरूलाई पनि भेटछ्न् । एक हप्ता बसेर उनीहरू घर फर्किन्छन् ।
उत्तर :

उहाँ भोलि पोखरा जानुहुन्छ । उहाँकी दिदी पनि उहाँसँगै पोखरा जानुहुन्छ । उहाहँ रू फवे ाताल घुम्नुहुन्छ । उहाँहरू कविता लेख्नुहुन्छ । पोखरामा उहाहँ रूका साथीहरू पनि हनु ुहुन्छ । उहाहँ रू साथीहरूलाई पनि भेट्नुहुन्छ । एक हप्ता बसेर उनहाँहरू घर फर्किनुहुन्छ ।

११. दिइएको अनुच्छेदबाट “ब” र “व” को प्रयोग भएका शब्दको अलग अलग सूची बनाउनुहोस् : उत्तर :

ब : बस्ती, बाहिर, बारी, बित्छ, बतास, बिहान, बेलुका, सबै, बजार, बाहेक, बिहेबटुलो
व : अवसर, वन, वरपर, वर्षा, हावा, चाडपर्व, उत्सव

१३. तल “ब” को प्रयोग भएका शब्द दिइएको छ । तिनलाई उदाहरणअनुसार वर्गीकरण गर्नुहोस् : उत्तर :
तत्सम : स्संस्कृतबाट नेपालीमा आउदाँ जस्ताको तस्तै प्रयोग भएका ।
ब्रहम्र्षि, बह्र्मा, ब्रह्माण्ड, ब्राह्मण, बह्र्मचारी, सम्बन्ध, सम्बन्धी, सम्बोधन, विडम्बना, अवलम्बन, लम्ब, बहधुा, बाहय् ।
तद्भव : स्संस्कृतबाट नेपालीमा आउँदा रूप परिवर्तन भएका, बदलिएका, फेरिएका शब्द ।
बेर्ध, बार, बास, बिथोल, बुन, बाहिरिन्छ, जब, बित्तिकै, बुरुक्ष, अब, तब, बेसरी, ब्यारे, बिछोड, बिजोर, बेइज्जत, बेकार, बदनाम, बदमास, बाहिर, अम्बा, बकुल्लो, बखान, बगाल, बच्चा, बतास, बन्देल, बाकस, बटुवा, बत्तिस, बाक्लो, बच्चुचो, बिखालु, बन्द, बिचरो, बर्बाद, अम्बर, अम्बिका, कुटुम्ब, बहुबीभ्रहि, बाहु, चुम्बी, सम्बद्
आगन्तुक : स्स्वदेशी तथा विदेशी भाषाबाट आएर नेपालीमा प्रयोग भएका शब्दहरू ।
बक्स, बयान, बस्, बच्, बाँध,् बाँच्, बच्चा, बङ्ग्ुर, बखत, बस, बजटे , बोतल, तलबी, ब्रिटिस, चुम्बन, चुम्बक ।

धातु र मूल शब्द कसरी चिन्न ? दिइएको शब्दमा “नु“ जोपछि रूप चल्यो भने धातु हो रूप चलेन भने मूल शब्द हुन्छ ।

१४. उदाहरणमा दिइए जस्तगै री दिइएका शब्दलाई वर्गीकरण गर्नुहोस् : उत्तर :
उच्चारण र लेखाइ दुवैमा “व” हुने शब्द :
वासलात, रवाफ, कावासोती, कावा, मेवा, वस्ताद, सवारी, वजन, वरिपरि, वाल्ल, वाक्क, देवर, पेवा, तौलिहवा, पावर, वाक्य, वायरलेस, वाडर, वारसे, वाल्ल, टवल, कछुवा, कुवा, खुवा, जुवा, वर, वास्ता, वकिल, जुवाइँ, तुवाँलो, दुवाली, धुवाँ, रुवाइ, धुवाइ, देखावट, बोलावट, ढुकुवा, फुकुवा, खोलुवा, भतुवा, बहालवाला, उमेदवार, नश्वर, ईश्वर।
उच्चारण ब भए पनि व लेखिने शब्द : विषम, विषाणु, विषय, वृत्त, वृद्ध, वीर, वेग, वैद्य, व्यक्ति, वस्तु, वस्त्र, वाचा, वाद, वादी, वाम, वायु, वाल्मीकि, वाहन, विज्ञान, विकास, विकृति, विखण्डन, विचलन, विचित्र, विजय, वंश, वक्तव्य, वक्ता, वव्रम्, वक्ष, वन, वन्दना, वयस्क, वातावरण, वरिष्ठ, वर्ग, वरुण, वर्गीकरण, वर्ण, वर्षा, वर्ष, विच्छेद, विज्ञापन, विदेश, विद्या, विधवा, विवाह, विभूति, विभाजन, विरह, विवेक, विशेष, विश्लेषण, दफावार, जिम्मेवार, फाँटवारी, महिनावारी, कर्तव्य, गुणवान, धनवान, भगवती, पाण्डव, पार्थिव, व्यर्थ, विधि, व्यापार, व्यवहार, व्रज, विराट, विराम, वैदिक, वैज्ञानिक, वैभव, वैष्णव, वर्ग, व्याकरण ।

सिर्जना र परियोजना कार्य

१. तपाईँले गरेको कुनै यात्राका विषयमा छोटो नियात्रा लेख्नुहोस् ।
उत्तर :

बितेको महिनामा, म नेपालको लाङटाङ जिल्लामा एक शोकिन यात्रा गरें। त्यहाँ गएपछि, म अनुभव गरें कि त्यो स्थान प्राकृतिक सौन्दर्यले परिपूर्ण छ र स्थानीय आदिवासी सांस्कृतिको समृद्धि ल्याउँछ।
मेरो पहिलो दिन विशेषकर हाइकिङमा गएँ, जसले मलाई पहाडी श्रृंगमा ल्याए जहाँबाट आफ्नो नानीहरूको गाउँ देखिए। यो अनौपचारिक भ्रमणले मलाई उनीहरूको साधारिता र आत्मीयताबारे थाहा पाइएको छ। उनीहरूले मलाई स्वागत गरें र म मेरो यात्राको लागि तयारी गरें।
विश्राम गर्दै गर्दै, म एक अन्य दिन एक प्राचीन मन्दिरमा गएँ जो विशेषत: धार्मिक र पौराणिक कथाहरूसँग जडान गरेको छ। मन्दिरको वातावरणले मलाई अत्यन्त प्रभावित गरेको थियो र म अध्ययन गरें कि यो स्थल रुचाइएको लोगहरू बाट बाट आउँछन्।
तपाईंलाई यो थाहा छ कि हाइकिङ, यात्रा, र प्राकृतिक सौन्दर्यसँग पूर्ण गरिएको यो अनुभवले मेरो जीवनमा एक नयाँ परिप्रेक्ष्य प्रदान गरेको थियो। यो यात्रा मेरो लागि एक अद्वितीय, शिक्षाप्रद, र रोचक अनुभव थियो जसले मलाई नेपालको समृद्धि, सांस्कृतिक धरोहर, र प्राकृतिक सौन्दर्यसँग परिचित गराएको छ।

२. साहित्यिक पत्रिकाहरूमा प्रकाशित नियात्रा सङक्लन गरी त्यसका आधारमा एउटा नियात्रा लेख्नुहोस् ।
उत्तर :
बर्चउडको गाँसवास

रातिकै यात्रा थियो कतारसम्मको । त्यसपछि राति नै झण्डै झण्डै बिहानीपखबाट मध्य दिउँसोसम्मको यात्रा । जोहान्नसबर्ग उत्रँदा मन अलि डराएको पनि थियो अपराधमा अधिकतम कहलिएको यो महानगरीमा । दुईजना हुनाले केही निश्चिन्तता त हुने नै भयो । साथमा मेरा साथी थिए गणेश निरालै, पुराना मित्र, एनटियुसीका उपाध्यक्ष । यो सुदूर भूगोलको यात्राको कारण बेिल्जयमको वल्र्ड सोलिडारिटी मुभमेन्ट छोटकरीमा डब्लुएसएमका पार्टनर सङग् ठनहरूको बैठक थियो, बैठक मात्रै नभएर ४ वर्षका लागि योजनाबैठक पनि थियो । जिफन्ट र एनटियुसी दुबै महासङघ्हरू डब्लुएसएमका पार्टनर भएकाले यति टाढा यत्रो धेरै खर्च गरेर उनीहरूले बोलाएका हुन ् । आयोजकहरू धेरै थिए डब्ल्य.ूएस.एम.सहित उसका आर्थिक दाताहरूसमेत चारवटा युरोपीय अन्तराष्टिय« स्तरका गैरसरकारी सङग् ठनहरू र दक्षिण अफ्रिकी ट्रेड युनियन फेडुसा । डब्लुएसएमको पार्टनर दक्षिण अफ्रिकामा फेडुसा नै रहेछ, त्यसैले दक्षिण अफ्रिकाको सबैभन्दा ठलु ो ट्रेड युनियन भए पनि कोसाटु यस योजनाबैठकको आयोजक थिएन, सामान्य सहभागी मात्र थियो । कोसाटुले पनि सम्भवतस्उपेक्षा गरेरै युनियन नेताको सटट यस योजनाबैठकमा एउटी कर्मचारी केटी पठाइदिएको थियो ।
दक्षिण अफ्रिकाको पर्यटन मन्त्रालयको नीतिअनुसारको काम होला वा त्यहाँका दरू सञ्चार कम्पनीहरूको आफ्नै पहल, मोबाइलको प्रिस्सिम बाँडने कालुकेटाहरू विमानघाटको आगमनबाहिर सक्रिय थिए । हामी दुइटाले पनि एउटा एउटा सिमवाला बटट पायाँै । त्यसपछि बाहिर होटल बर्चउडको मानिस हाम्रो नामसहित उभिएको होला भन्ने अपेक्षामा बहिर्गमनमा आँखा डुलाइयो । पर्खियाँै पनि केही बेर, तर कोही देखिएन । बाहिर निस्कनै परये, बाहिर निस्कनासाथ होटलहरूकै काउन्टर राखेर एउटा एउटा कर्मचारी बस्ने फरक कक्ष रहछे । अन्योलमा परेका हाम्रा अलि ओइलाएका मनहरू फेरि फकिर्ए । त्यस कक्षमा होटल बर्चउडको पनि साइनबोर्ड थियो । गएर बुझ्दा एक छिनअगाडि मात्रै मान्छे बोकेर त्यो होटलको गाडी गइसकेको रहछे । एक घण्टा कुर्ने हो भने आइपुग्छ भन्यो काउन्टरको केटोले । हामीलाई हतार थिएन टेक्सी चढन् , होटलकै गाडी कुरियो । उसको ड्युटी सकिएछ, हिडँ्यो, हामी पर्खिरह्यौँ । त्यसपछि महिला डय्ुटीमा आई । सोधी, बतायाँै ।
“तपाईँहरूलाई ढिलो हुन्छ भने टेक्सीमा जानु भए हुन्छ” भारतीय मूलकी जस्ती देखिने महिलाले भनेकी थिई । उसको स्पष्टवादिता हो कि रुखोपना, मैले ठम्याउन सकिंन तर हामीहरू पखिर्न तयार थियाँ,ै हामीलाई के बित्दो थियो र ? “इट्स् ओके, वि विल वेट” मैले भनेको थिएँ । तर होटल बर्चउडको गाडीलाई निकै बेर पर्खनुपरये, दुई घण्टाभन्दा बढी । अरू पनि तीन–चार जना यात्रु चढे । गाडी हिँडिसकेपछि आधा घण्टाभन्दा बढी लागेन होटल पुग्न । ठलु ो राजमार्गको नजिक तर जोहान्नसबर्ग महानगरभन्दा अलिक बाहिरै । धेरै ठुलो क्ष्ोत्रफल ढाकेर अग्लो १२ हाते पर्खालले घेरेको बर्चउड गजबकै थियो । त्यो कुनै विशाल बहुतले भवन थिएन । भुइतँ ले र दुईतले भवनहरूको आकर्षक शृङख् ला थियो । कार्यक्रमहलहरू भएको भवनको दक्षिणतिर कर्मचारी आवास क्षेत्रभन्दा पूर्वपट्िटका एकतले दुईतले भवनहरूका शृङख् ला पाहुनाहरूको लागि थियो । ब्रेकफास्ट र लन्चको लागि एउटा रस्ेटुरेन्ट एकातिर, जो कार्यक्रम हुने हलहरू भएकै एकमात्र तीनतले भवनको भुइतँ लामा थियो । त्यसको अर्कोतिर पर पार्किङथलोभन्दा पनि पर रात्रिभोजनका लागि मात्रै तोकिएको छुट्टै रेस्टुरेन्ट थियो । पर्खालको एक पल्लो छेउमा पूरै दक्षिण भाग साना साना एकतले जस्तापाता हालेका एक अर्कासगँ लगभग टाँसिएर बसेका साना घरहरूको पङ्ित्तस्थियो, जो श्रमिक कर्मचारीहरूको आवास शङृ ख् ला रहछे । त्यो शृङख् लाभित्र केराका पचासौँ बोटहरू ढ्याब्रे पात हल्लाइरहके ा थिए । यो क्षेत्र ठलु ो आयतन ओगटेर लम्पसार पार्किङसम्म तन्किएको थियो । पाकिङसगँै जोडिएका साना दुईतले पक्की भवनहरूमा प्रबन्धकहरूको आवास रहेछ । त्यहाँ होटल परिसरभित्रै एक ठाउँबाट अर्को ठाउँ वा आवासीय कोठाहरूको शृङ्खलाबाट रात्रिभोजनको रस्ेटुरेन्ट जान–आउन प्रयोग हुने आठदशवटा टेम्पा े टाइपका चारचक्के छानोमात्रै भएका खुल्ला वाहनहरूसमेत थिए, जतिखेर जसलाई मन लागे पनि चढेर यताउता ओहोरदोहोर गर्न सकिने । पुगेको दिन नोभेम्बर ७, २०१६ को मध्यदिउँसो दिवाभोजनको समय गुज्रिसकेको थियो । पुग्दापुग्दै बाहिर गाडी रोकिने ठाउँमै रहके ो सानो क्याफेमा परिचित अनुहारहरू देखिए । आयोजक डब्लुएसएमको काठमाडौँमै धेरैजसो बसेर काम गर्ने ब्रुनोले बेकरी र कफीका लागि आग्रह गरये ।
“टप युनियन लिडर्स अपस्नेपाल” उसले अरूसगँ परिचित गरायो । बाहिर सानो क्याफे भएको त्यसै भवनमा यस होटलको रिसेप्सन थियो, हामीले कफीपछि आआफन् ा कोठाको चाबी पायाँै । त्यो साँभस्केवल रातिको भोजनबाहेक अरू केही गर्नु थिएन । आयोजकहरूले स्वागत रात्रिभोज राखेका रहेनछन् । आप्mनो आफ्नो तरिकाले ठलु ो फराकिला रस्ेटुरेन्ट भोजन र त्यसपछि कोठामा फर्केर सुत्नुबाहेक अरू केही काम थिएन तर उनीहरूले बठै कका लागि गरके ा गृहकार्यका कागजपत्रहरूको फाइल अध्ययन गररे उपयुत्तस्सुझाव दिनु हाम्रो दायित्व थियो । दक्षिण दक्षिण सहयोगअन्तर्गत २०१७ देखि २०२१ को चार वर्ष कसरी सकेसम्म प्रभावकारी बनाउने भन्ने एजेन्डा यस योजनाबैठकको मूल विषय थियो । साथै तीनवटा विषयहरूमा सघन छलफल र अनुभवहरूको आदानप्रदान गर्नु थियो ।
एक, अनौपचारिक क्षेत्र र कष्टकर अवस्थाका श्रमिकलाई कसरी सामाजिक सुरक्षाको पहुँचमा पुरयउने । दुई, उनीहरूलाई रोजगारदाता र राज्यसगँ निरन्तर छलफल र सामाजिक सवं ादमा कसरी जोडिरहने, जसको परिणामस्वरूप उनीहरूको पक्षमा नीतिहरूको निर्माण र परिमार्जन भइरहन सकोस् ।
तीन, बिग्रँदो पर्यावरण र जलवायु परिवर्तनका हानिकारक असरहरूबाट श्रमिकसमुदाय र मानवसमाजलाई कसरी जोगाउने । यी विषयहरूमा आआफ्नो देशमा के गर्नसकिन्छ भन्ने खाका तयार गरेर सबैले सबसै गँ यही कार्यक्रममा छलफल गर्नुपर्ने तय थियो । त्यसैले म चाहेर पनि सुत्न सकिन, फायलको अध्ययनमा अबेरसम्म रात गुजारँे ।
कार्यक्रम हुने हलहरू भएकै भवनको रस्ेटुरेन्टमा बिहानको चियाखाजा र दिउँसोको भोजन हुने बन्दोबस्ती रहेछ । पहिलो बिहान लबीमा भेला भएर सामूहिकरूपमा रस्ेटुरेन्ट पसेर खाजाचिया भयो । सबैजसो सहभागीहरू आइ नै सकेका थिए । त्यसपछि रस्ेटुरेन्टसमेत भएको यस होटलको एकमात्र यो ठुलो भवनको दोसा्रे तलामा उक्लिुनुपर्यो, जहाँ अबको पाँचदिन सघन छलफल गर्नु थियो । अङ्ग्रेजी, पे्रmञ्च र स्पेनिस तीन भाषाको प्रयोग हुने भएकाले उल्थाकार तीनै भाषाका व्यवस्था गरेका रहेछन् । तीनैजना ४० मुनिका गोरा युवा केटा थिए । किन उल्थाकारहरूमा काला भाइहरू परेनन् ? मनमा प्रश्न आए पनि मैले कसैलाई सोधिन । सामान्यतस्उल्थाकारमा महिला नै राख्ने खालको जापानी, चीनियाँ बानी यहाँ रहने छ जस्तो लाग्यो । स्पेनिस भाषाको उल्थाकार निकै फरक थियो । उस्हाम्रैजस्तो गहुँगोरो रङको भए पनि उसले आफ्नो कालो कपाललाई लामा लट्टैलट्टा पारेर रबरको रातो रिबनले बाँधेको थियो । “ गोरेझाँक्री वा लट्टेधामी भन्नुजस्तो “ कपाल सबै खौरेर यो गज्जबको लट्टेविग लगाएको होला भन्ने अनुमान गरेको थिएँ, तीन–चार दिनपछि थाहा भयो, हो रहेछ ।
त्यो पहिलो बिहानको सत्रमा एकअर्काको परिचय, स्वागत तथा यस बैठकको उद्देश्य र विषयवस्तुमाथि प्रकाश पार्ने कार्यक्रम भयो । त्यसपछि सिङ्गो दिन सामूहिक सौदाबाजी र सामाजिक संवादको अध्ययन, भ्रमण गर्ने दिन तोकिएको थियो कार्यतालिकामा । आयोजकहरूले चढाए बडेमानको बस ।

Getting Info...

About the Author

A free online educational resource provider.

Post a Comment

Please do not enter any spam link in the comment box.
Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.