Hey Grade 12 Students, your exams are near so work hard.

Vyavsayik Patra | Exercise | Lesson 4 | Class 12 Nepali Notes

पाठ ४: व्यावसायिक पत्र

 

. शब्द अर्थको जोडा मिलाउनुहोस्

उत्तर :

शब्द                      

अर्थ

प्रबन्ध

बन्दोबस्त, चाँजोपाँजो

अवगत                  

जानेको, बुझेको

दीर्घकालीन          

लामो समय

सङ्कलित                

बटुलिएको

वितरण                  

बाँडफाँड

सहकार्य

दुई वा दुईभन्दा बढी व्यक्ति वा संस्थाले मिलेर गरिने काम

प्रस्ताव

कुनै कामको आरम्भ वा सम्पादनका लागि प्रस्तुत गरिएको विचार

यथाशीघ जतिसक्दो

चाँडो

 

. दिइएका शब्दको विपरीतार्थक शब्द लेख्नुहोस् :

उत्तर :

हार                        जित            

दाहिने                    देबे    

रुनु                          हाँस्नु

आफ्नो                   पराइ

दिन                         रात 

आय                        व्यय          

सक्कली                 नक्कली  

निराशा                   आशा         

प्रतिकूल                 अनुकूल      

जस                         पजस

प्रेम                        घृणा

आकर्षण               विकर्षण

जटिल                    सरल

सबल                     दुबर्ल

सापेक्ष                    निरपेक्ष

हर्ष                      विस्मात

सपना                  विपना

अनावश्यक           आवश्यक

 

. तलका शब्दको लघुतावाचक शब्द लेख्नुहोस् :

() किरो, कोदालो, गाग्रो, चिम्टा, चरो, थाल, ठेको, पुस्तक

उत्तर :

किरो                       :किरी

कोदालो                :कुटो

गाग्रो                     :लोटी

चिम्टा                   :चिम्टी

चरो                      :चरी

थाल                     :थाली

ठेको                     :हर्पे

पुस्तक                  :पुस्तिक

 

() रोटी सुन्तला, भात, पराल, पानी, पूm, केरा

उत्तर :

रोटी           :टुक्रा

सुन्तला       :केस्रो

भत            :सितो

पराल         :त्यान्द्रो

पानी          :थोपो

पूल           :थुँगा

केरा          :कोसो

 

बोध अभिव्यक्ति

१.       पाठका आधारमा दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

() व्यावसायिक चिठीको सबैभन्दा माथि के लेखिन्छ ?

उत्तर : व्यावसायिक चिठीमा सबभै न्दा माथि दाहिनेपट्िट मिति लेखिन्छ

() व्यावसायिक चिठीमा पत्र सङ्ख्या चलानी नम्बर कहाँ लेखिन्छ ?

उत्तर : मितिभन्दा तल देब्रेपट्िट .सं. .नं.लेखिन्छ

() व्यावसायिक चिठीको कुन भागमा कहाँनेर मिति लेखिन्छ ?

उत्तर : सबैभन्दा माथि दाहिनेपट्िट मिति लेखिन्छ  

() व्यावसायिक चिठीमा सम्बोधन विषयको रखाइव्रm कस्तो हन्ु ?

उत्तर : व्यावसायिक चिठीमा सम्बोधन चाहिँ पत्रसङख््या चलानी नम्बर लेखेको ठाउँभन्दा केही तल लेखिन्छ भने त्योभन्दा तल विषय लेखिन्छ  

 

. पाठमा उल्लेख भएअनुसार ज्वालामाई उपभोग्य वस्तु सङक् लन तथा वितरण कम्पनी कोहलपुर, बाँकेले कर्नाली उत्पादन तथा वितरण केन्द्र, चिसापानी, कैलालीलाई मिति २०७७/१२/२५ मा लेखेको पत्र कस्तो हुनसक्छ, अनुमान गरी लेख्नुहोस्

उत्तर :

लोगो ज्वालामाई उपभोग्य वस्तु सङक् लन तथा वितरण कम्पनी

कोहलपुर, बाँके

मितिः २०७७।१२।२५

.सं.०७७।७८

.नं.१३५ 

श्री कर्नाली उत्पादन तथा वितरण केन्द्र,

चिसापानी, कैलाली

विषय : आपूर्ति सम्झौतासम्बन्धमा

 उपर्युक्त विषयमा त्यस वितरण केन्द्रले दैनिक उपभोग्य खाध्यान्न, माछामासुजन्य उत्पादन; दुध, दही, घिउ, चिज; विभिन्न किसिमका बिउ, बिजन फर्निचर तथा विभिन्न घरेलु सामान उत्पादन, सङक् लन तथा वितरणको कार्य गरिरहेको यो संस्थाले पनि विभिन्न उत्पादक तथा वितरकहरूले उत्पादन तथा वितरण गर्ने सामग्रीहरू विक्रीवितरण गरिरहेको त्यस केन्द्रले आपूर्ति गर्ने सबै सामग्रीको पनि विक्रीवितरण गर्ने इच्छा भएको हुँदा दुई संस्थाका बिचमा सम्झौता नै गरी सामग्री विक्रीवितरण गर्ने सहयात्राका लागि प्रस्ताव गर्दछौँ आशा त्यस केन्द्रले पनि हाम्रो आग्रहलाई स्वीकार गर्ने नै

                                                                                प्रबन्ध निर्देशक

                                                                            (कल्याणविक्रम शाही)                                                                            

 

. हालसालै प्रकाशित पुस्तक पठाइदिन भनी तपाइँको घरनजिकै रहेको पुस्तक पसलले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँलाई लेख्ने पत्रको नमुना तयार पार्नुहोस्

उत्तर :

सुकुन्दा पुस्तक पसल

जनकपुर धाम

मिति : २०७८।६।११

.सं.०७८।७९

.नं.१२१

श्री नेपाल प्रज्ञाप्रतिष्ठान,

कमलादी, काठमाडौँ

विषय : पुस्तक पठाइदिनेबारे

 महोदय,

 उपर्युक्त विषयमा हालै त्यस प्रतिष्ठानले प्रकाशित गरेकोनेपाली बाल साहित्यको इतिहासनामक पुस्तक यस पसलमा पनि माग भइरहेको हुँदा १०० थान उक्त पुस्तक पठाइदिने व्यवस्थाका लागि हार्दिक अनुरोध गर्दछौँ भुक्तानीको हकमा पुस्तक प्राप्त हुनासाथ त्यस प्रतिष्ठानको बैङक् खातामा दाखिला गरिने व्यहोरासमेत अनुरोध गर्दछौँ

भवदीय

(विनिता रेग्मी)

प्रोप्राइटर

. दिइएको चिठी पढ्न्ुहोस् सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : 

प्रश्नहरू

() गाउँमा के सुरु भएको ?

उत्तर :

गाउँमा कृषि जागरण सुरु भएको

() जगराम काकाले कसरी आम्दानी गर्नुभयो ?

उत्तर :

जगराम काकाले बाख्रापालन तरकारी खेतीबाटै यस वर्ष दश लाख आम्दानी गर्नुभयो

() कोरोना भाइरसको महामारी पछि गाउँमा कस्तो परिवर्तन भएको ?

उत्तर : 

कोरोना भाइरसको महामारीसँगै धेरै युवा गाउँ फर्किंदै छन् कृषिमा आधुनिकीकरण व्यावसायीकरणको सुरुआत भएको कृषिजन्य उद्योग खुल्न थालेका छन् गाउँमा डेरी, जुस, चिज, फर्निचर, राडीपाखी, अल्लो तथा खाँडीका कपडा आदिका उद्योग खुलेका छन् व्यवस्थितरूपमा माछापालन, मौरीपालन, बाख्रापालन, तरकारी खेती, रेसम खेती, भेडापालन, बङ्गुरपालन आदिको सुरुआत भएको

() कृषिमा आधुनिकीकरण व्यावसायिकीकरण भनेको के हो ? स्पष्ट पार्नुहोस

उत्तर :

 कृषिमा आधुनिकीकरण भनेको वैज्ञानिक खेतीप्रणाली अवलम्बन गर्नु मेसिनको प्रयोग गरिने विधि हो भने व्यावसायीकरण भनेको आफन् उपभोगका लागि मात्र उत्पादन नगररे विक्रीवितरण गरी आयआजर्न समेत गर्ने प्रयोजनका लागि गरिने वैज्ञानिक खेतीप्रणाली हो  

() माथिको चिठीको प्रापक प्रेषकको नाम ठेगाना अनुमान गरी खामको नमुना बनाउनुहोस्

उत्तर :

·         खामको नमुना बनाउने बिचमा छड्के रेखा तान्ने,

·         देबेप्र ट्टि पठाउनेको नाम ठेगाना लेख्नेसुनिता दङ्गाल,पाख्रीवास, धनकुटा

·         दाहिनेपट्ट पाउनेको नाम ठेगानारमेश दङ्गाल रियाद, साउदी अरेियबा         

·         खामको माथिपट्टि रु.१०।टिकट टाँस्नुपर्ने

 

. दिइएको कार्यालयीय चिठी पढ्नुहोस् त्यसको प्रत्युत्तर लेख्नुहोस्

उत्तर :

नेपाल सरकार

नेचासल्यान गाउँपालिका

मिति : २०७८।६।१०

पत्रसङख््या :०७८।७९

.नं.१३२ 

विषय : सहभागितासम्बन्धमा

 

श्री पाठ्यक्रम विकास केन्द्र,

सानो ठिमी, भक्तपुर

उपर्युक्त विषयमा त्यस केन्द्रको पत्रसङख््या ०७७।७८ ..नं.१२३ मिति २०७८।२।७ को पत्र प्राप्त भई व्यहोरा अवगत भयो ।उक्तसम्बन्धमा त्यस केन्द्रले स्थानीय तहसँगको सहकार्यमा विद्यालय पाठय् व्रm तथा पाठ्पुस्तक सम्बन्धी अभिमुखीकरण प्रशिक्षण, तालिम, गोष्ठी, अन्तरव्रिmया आदि सञ्चालन गर्दै आएको जानकारी गराउनुभएकोमा खुसी लागेको  यस गाउँपालिका क्षेत्रभित्रका सरोकारवालाहरूसँग स्थानीय पाठय् क्रम, विद्यालय पाठय् क्रम निर्माण तथा पुनरावलोकनसम्बन्धी तीन दिने गोष्ठी सम्पन्न गर्न पाए सबै लाभान्वित हुने थिए भन्ने नै ठानेका छौँ अतः त्यस केन्द्रको समय मिलाएर तीन दिने यस्तो खालको सैद्धान्तिक एवम् अन्तरक्रियात्मक गोष्ठीको आयोजना गरिदिने व्यवस्थाका लागि हार्दिक अनुरोध गर्दछौँ त्यस्तो गोष्ठीमा करिब ५० जनाको सहभासिगता हुने कुल लाग्ने लागतमा गाउँपालिकाको तर्फबाट ५० रकम व्यहोरिने व्यहोरासमेत अनुरोध गर्दै गोष्ठीका लागि उपयुक्त समयको पूर्व जानकारी गराइदिनुहुन पनि अनुरोध गर्दछौँ                      

(दावा फिन्जो लामा)

अध्यक्ष

 

 

. दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिपी एक तिहाइमा नबढ्ने गरी सारांश लेख्नुहोस् :

उत्तर :

तीन हरफभन्दा लामो बुँदा नलेख्ने,

असमापिका क्रियाको प्रयोग गर्ने अल्पविराम दिने,

अन्तिम बँदु ामा पनि असमापिका क्रियाको प्रयोग गर्ने पूर्णविराम दिने,

शीर्षक राख्न भनेको हुँदैन आफैँले राख्ने   नेपालको जलवायु 

. नेपालमा ऊष्ण मनसुनी, न्यानो समशीतोष्ण, ठन्डा समशीतोष्ण, लेकाली हिमाली गरी मुख्यतः पाँच प्रकारको हावापानीको विविधता पाइने,

. समुद्री सतहदेखि १२०० मिटरसम्मको उचाइको तराई, भावर, दुन चुरे पर्वतको आसपासका क्षेत्रमा पाइने हावापानीलाई ऊष्ण मनसुनी हावापानी भनिएकाले यस क्षेत्रमा गर्मीमा औसत तापवm्रम १५४० डिग्री सेल्सियससम्म हिउँदमा १५ डिग्रीसम्म हुने 

. वर्षामा सरदर २०० सेन्टिमिटरसम्म वर्षा हुने, ग्रीष्म ऋतुमा तातो हावा लु चल्ने चुरे  पहाड महाभारत पर्वत क्षेत्रमा पाइने १२००२१०० मिटरसम्मको क्षेत्रकोहावापानीलाई न्यानो समशीतोष्ण हावापानी भनिने यो क्षेत्रमा ग्रीष्म ऋतुमा २४३० डिग्री हिउँदमा डिग्रीसम्म तापमा १२५ सेन्टिमिटरसम्म वर्षा हुने,

. हिमाली क्षेत्र (३३००५००० मिटर)को शुष्क ठन्डा हावापानीलाई लेकाली हावापानी भनिने यो क्षेत्रमा गर्मीमा १०१५ डिग्रीसम्म अनि जाडामा डिग्रीभन्दा निकै तल तापक्रम हुन, करिब ४० सेन्टिमिटरसम्म वर्षा हुनुका साथै तापवm्रम प्रायः ऋणात्मक हुने, हिउँ पर्ने हिउँको भीषण वर्षा हुने

 

सारांशलेखन

नेपालको जलवायु

 

नेपालमा पाँच प्रकारका हावापानी पाइनुका साथै समुद्री सतहदेखि १२०० मिटरसम्मको उचाइको तराई, भावर, दुन चुरे पर्वतको आसपासको हावापानीलार्इ  ऊष्ण मनसुनी भनिएकाले गर्मी जाडोमा तापक्रम फरक भई वर्षामा सरदर २०० सेन्टिमिटरसम्म वर्षा हनु , ग्रीष्म ऋतुमा तातो हावालुचल्न चुरे पहाड महाभारत पर्वत क्षेत्रमा पाइने १२००२१०० मिटरसम्मको क्षेत्रका हावापानीलाई न्यानो समशीतोष्ण भनिएकाल ग्रीष्म ऋतुमा २४३० डिग्री  हिउँदमा डिग्रीसम्म  तापव्रm १२५ सेन्टिमिटरसम्म वर्षा हुने, हिमाली क्षेत्र (३३००५००० मिटरको शुष्क ठन्डा हावापानीलाई लेकाली भनिने यहा गर्मीमा १०१५ डिग्री जाडामा डिग्रीभन्दा निकै तल तापक्रम भर्इ  करिब ४० सेन्टिमिटरसम्म वर्षा हनु ुका साथै तापव्रm प्रायः ऋणात्मक हुने, हिउँ पर्ने हिउँको भीषण वर्षा हुन्छ

                                                                                              मूलअनुच्छेदको शब्दसङख्या         : १८५

 सङक्ष्पीकृत शब्दसङख््या     : ९४

                                                                   + – बढी वा घटी गर्न पाइँने

 

. दिइएको भरपाइको नमुना हर्नेुहोस् नेपाल प्रज्ञा प्रतिष्ठानबाट कालिका पुस्तकालय, रसुवालाई उपहारस्वरूप प्रदान गरिएको बृहत् नेपाली शब्दकोश (दुई प्रति) त्यस पुस्तकालयका प्रमुखले बुझिलिएको भरपाइको नमुना तयार पार्नुहोस् :

उत्तर :

मिति : २०७८।६।१२

भरपाइ दादै नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौँबाट यस कालिका पुस्तकालय, रसुवालाई उपहारस्वरूप प्राप्त भएको दुई प्रति बृहत् नेपाली शब्दकोश बुझिलिई यो भरपाइ गरिदिएँ

                                        

                                                                  पुस्तकालयको छाप 

(दिनेश काफले

पुस्तकालय प्रमुख

 

 

. दिइएको सम्झौतापत्र करारनामाको नमुना पढ्नुहोस् तपाईँको विद्यालयमा पुस्तकालय भवन निर्माणका लागि विद्यालयका प्रधानाध्यापक स्थानीय निर्माण कम्पनीका प्रमुखबिच गरिने करारनामाको नमुना लेख्नुहोस् :

उत्तर :

पुस्तकालय भवन निर्माणसम्बन्धी करारसम्झौता

कमलामाई नगरपालिका कार्यालय, सिन्धुलीको क्षेत्राधिकारभित्र वडा नं. मा सञ्चालित श्री सरस्वती माध्यमिक विद्यालय (यसपछि यहाँ पहिलो पक्ष भनिएको ) सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं. मा स्थायी बसोवास भई श्री सिन्धुली निर्माण सेवा प्रा.लि. नामक निर्माण कम्पनी सञ्चालन गरिरहनुभएका श्री कर्णप्रसादका नाति, श्री हर्कप्रसादका छोरा वर्ष ४२ का श्री रामकुमार धिताल (यसपछि यहाँ दोस्रो पक्ष भनिएको )सँग तपसिलका कार्य गर्नका लागि देहायबमोजिमका सर्तको अधीनमा रहेर दोस्रो पक्षले पहिलो पक्षलाई सेवा उपलब्ध गराउन मन्जुर भई यो सम्झौता गरी सम्झौताको एक एकप्रति  ापसमा बुझिलियौँ, दियौँ

सर्तहरू

. दोस्रो पक्षले पहिलो पक्षको हाताभित्र विद्यालयकै प्रयोगका लागि एक तले ,००० वर्गफुट क्षेत्रफल भएको पु्स्तकालय भवन स्वीकृत नक्साबमोजिम भूकम्प प्रतिरोधी हुनेगरी गुणस्तरीय सामानको प्रयोग गरी निर्माण सम्पन्न गरिदिनुपर्ने

. सर्त नं. अनुसारको पुस्तकालय भवन निर्माण गर्नका लागि प्रथम पक्षले दोस्रो पक्षलाई रु.२०,००,०००।–(बिस लाख) मात्र उपलब्ध गराउने यो रकममध्ये पुस्तकालय भवनका लागि पिलर ठड्याई डिपिसी गरिसकेपछि रु.,००,०००।–(आठ लाख), भवनको ढलान गरिसकेपछि रु.,००,०००।–(सात लाख) भवन पूर्ण तयार भइसकेपछि हस्तान्तरण गर्दा बाँकी रहेको रु.,००,०००।–(पाँच लाख) मात्र भुक्तानी गर्ने

भवन निर्माण गर्दा कामदारहरू, निर्माण सामग्री, निर्माणका लागि आवश्यक पर्ने अन्य कुनै पनि प्रकारका सामान दोस्रो पक्ष स्वयम्ले व्यवस्था गर्नुपर्ने तर निर्माण सामग्रीको गुणस्तर भने पहिलो

पक्षले नियुक्त गरेका प्राविधिकले स्वीकृत गरेअनुसार हुनुपर्ने

. दोस्रो पक्षले काममा लगाएका कामदारहरू कोही कसैको भवन निर्माणका सिलसिलामा कुनै प्रकारको दुर्घटना भएमा, अङ्भङ्ग भएमा वा ज्यानै गएमा सोको सम्पूर्ण जिम्मेवारी दोस्रो पक्षको हुने

. दोस्रो पक्षले पुस्तकालय भवन निर्माण सम्पन्न गरिसकेपछि पहिलो पक्षले नियुक्त गरेका प्राविधिकले  भवनको गुणस्तर जाँच गरी सम्झौताबमोजिम रहेको भन्ने प्रमाणित भएमा पहिलो पक्षले भवन जिम्मा लिने तर भवनको रङरोगनलगायतका सम्पूर्ण काम सकेपछि मात्र पहिलो पक्षले जिम्मा लिने भवन जिम्मा लिएपछि मात्र भुक्तानी गर्न बाँकी रहेको रु.पाँच लाख दोस्रो पक्षलाई भुक्तानी गरी हिसाब फरफारक गर्ने

. दोस्रो पक्षले सम्झौतानुसारको काम नगरी बिचैमा छाडेमा सुरक्षावापत धरौटी खातामा दोस्रो पक्षले  पहिलो पक्षको खातामा जम्मा गरेको नगद धरौटी रु.,००,०००।–(पाँच लाख) जफत गरी करार रद्द गरिने अरू कसैलाई बाँकी काम गराउने त्यसो गर्दा दोस्रो पक्षले कुनै प्रकारको आपत्ति जनाउन, बाधाविरोध गर्न पाउने छैन

. दोस्रो पक्षले निर्माण सम्पन्न गरी जिम्मा दिएको भवनमा एक वर्षसम्म पानी चुहेमा वा अन्य कुनै  प्रकारको सानोतिनो मर्मतसम्भार गर्नुपर्ने अवस्था आएमा प्रयोगकर्ताको लापरवाहीले भएको नोक्सानीबाहेक दोस्रो पक्षले मर्मतसम्भार गरिदिनुपर्ने सोवापतको कुनै प्रकारको भुक्तानी पहिलो पक्षले गर्ने छैन

. यो करारनामाको अवधि महिनाको हुने अर्थात् २०७९ चैत्र १२ गतेसम्मको हुने सो अवधिभित्रै दोस्रो पक्षले कार्यसम्पादन गरिसक्नुपर्ने काबुबाहिरको परिस्थिति सिर्जना भएमा बाहेक पहिलो पक्षले दोस्रो पक्षलाई म्याद थप गर्ने छैन

. यो करारमा लेखिएका कुराहरू यसै करारबमोजिम हुने छन् यसमा नलेखिएका केही कुनै  कुरा आएमा आपसी सहमतिमा वा प्रचलित कानुनबमोजिम समाधान खोजिने

 

पहिलो पक्षको तर्फबाट                                                                       दोस्रो पक्षको तर्फबाट

दस्तखत :                                                                                               दस्तखत

नाम थर : रामप्रसाद राई                                                                     नाम थर : रामकुमार धिताल

ठेगाना : कमलामाई नगरपालिका कार्यालय ८                        ठेगाना : कमलामाई .पा.वडा नं. 

कम्पनी : सिन्धुली निर्माण सेवा प्रा.लि.                                              पद : प्रबन्ध निर्देशक

पद : प्रधानाध्यापक                                                                            

कार्यालय : सरस्वति मा.वि, कमलामाई नगरपालिका   

रोहबर

वडा अध्यक्ष श्री बमबहादुर थापा वडा नं.

वडा सचिव श्री वसन्त तामाङ वडा नं.

इति संवत् २०७८ साल असोज १२ गते रोज शुभम

 

१०. दिइएको मन्जुरीनामाको नमुना पढ्नुहोस् तपाईँको जग्गामा रहेको ढुङ्गाखानीबाट तपाईँको टोलमा सार्वजनिक शौचालय निर्माणका लागि चाहिने ढुङ्गा निकाली लैजानका लागि तपाईँले वडा कार्यालयलाई दिएको मन्जुरीनामाको नमुना लेख्नुहोस् :

उत्तर :

 

श्रीमान् वडाध्यक्षज्यू,

१४ नं. वडा कार्यालय,

कमलामाई नगरपालिका,

उदयपुर

 

विषय : मन्जुरीनामा दिएकोबारे

महोदय,

 उपर्युक्त विषयमा त्यस वडा कार्यालयले सार्वजनिक स्थानमा वडावासीको सहुलियतका लागि सार्वजनिक शौचालय निर्माण गन लागेको सो प्रयोजनका लागि मेरो निजी जग्गामा रहेको ढुङ्गाखानीबाट ढुङ्गा निकाल्नका लागि अनुमति माग भएकोसम्बन्धमा वडावासीको सार्वजनिक प्रयोगका लागि निर्माण हुन लागेको शौचालय सबैको हितमा रहेको हुँदा मेरो निजी जग्गाबाट मेरै टोलमा शौचालय निर्माणका लागि आवश्यक पर्ने परिमाणमा ढुङ्गा निकाल्ने कार्यमा वडाले आफैँले वा ठेक्का लगाएर ढुङ्गा निकालेमा मेरो मन्जुरी हुने पछि कुनै प्रकारको आपत्ति जनाउने छैन, जनाएमा यसै कागजबाट बदर गरिदिनू भनी यो मन्जुरीनामा पेस गरेको छु व्यहोरा साँचो हो, झुठा ठहरे सहुँला बुझाउँला इति मिति २०७८ असोज १३ गते बुधवार

 भवदीय,

 सही :

 नाम : दिनेश त्रिपाठी

 कमलामाई नगरपालिका वडा नं.१४, रातामाटे

 

११. दिइएको विज्ञापनको नमुना पढ्नुहोस् नमुनामा जस्तै कुनै पदको पूर्ति तथा कुनै सामानको प्रचारप्रसारका बारेमा एक एकओटा विज्ञापन लेख्नुहोस् : 

उत्तर :

लोकसेवा आयोग

कमलपोखरी, काठमाडौँको

आवश्यकतासम्बन्धी सूचना

(पहिलोपटक प्रकाशित मिति : २०७८/०६/१३)

नेपाल सरकारका विभिन्न मन्त्रालयहरूबाट माग भइआएबमोजिम राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव १५० पद रिक्त भएकाले सोमध्ये १५% ले हुने २३ जना सहसचिव खुला प्रतियोगिताबाट नियुक्त गर्नुपर्ने कानुनी व्यवस्थाबमोजिम योग्यता पुगेका नेपाली नागरिकबाट यो सूचना प्रकाशन भएको मितिले ३५ ( पैँतिस) दिनभित्र दरखास्त आह्वान गरिएको उक्त मितिबाट सात दिनसम्म दोब्बर दस्तुर तिरी दरखास्त दिनसकिने

. योग्यता : कुनै पनि विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको, विदेशी प्रमाणपत्र भए त्रिभुवन विश्वविद्यालयबाट

समकक्षता निर्धारण गरिएको प्रमाणपत्रको प्रतिलिपि तथा नागरिकतासहितका अन्य प्रमाणपत्रहरू,

. तालिम आदिका प्रमाणपत्रहरू,

. विज्ञापन नं.७६८÷०७८।७९

. परीक्षाको किसिम : लिखित तथा अन्तर्वार्ता

. आवश्यक न्यूनतम योग्यता : कुनै पनि विषयमा मान्यता प्राप्त संस्थाबाट स्नातकोत्तर तह उत्तीर्ण

. सम्पर्क मिति : २०७९÷०७÷१९ गते

. विस्तृत जानकारीको लागि लोकसेवा आयोगको वेबसाइट हेर्नसकिने

 

व्यावसायिक विज्ञापन

प्रदूषणरहित समाजको परिकल्पना स्वस्थ जीवनको कामनाका साथ राप्ती यातायात सेवाद्वारा सञ्चालित

विशेष सुविधासहितको बिजुली बस

आरामदायी सिट,

वातानुकूलित सुविधा,

निःशुल्क वाइफाइ सेवा,

विद्यार्थीका निम्ति विशेष सहुलियत,

भिडिओ तथा शौचालयको सुविधा,

चियाखाजाको निःशुल्क व्यवस्था

बिजुली बसमा यात्रा गर्नुहोस् आपू स्वस्थ बन्नुहोस् तथा वातावरणलाई पनि स्वस्थ राख्नुहोस्

राप्ती यातायात सेवा दाङ

फोन ०८२५२४०००

 

१२. दिइएको सूचनाको नमुना पढ्नुहोस् नयाँ वर्षका दिन १२ कक्षाका सबै विद्यार्थी एक दिने शैक्षिक भ्रमण जाने विषयमा विद्यालयका प्रधानाध्यापकबाट जारी गरिने सूचनाको नमुना लेख्नुहोस् :

उत्तर :

पेन्टागन इन्टरनेसनल मा.वि

तीनकुने, काठमाडौँ

फोन :०१४११२३२५,

मिति :२०७८।६।१३

सूचना ! सूचना !! सूचना !!!

उपर्युक्त विषयमा यस विद्यालय÷कलेजमा कक्षा १२ मा विज्ञान तथा व्यवस्थापन

समूहमा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई एक दिने शैक्षिक भ्रमणको लागि

ललितपुरको गोदाबरी बोटानिकल गार्डेनमा लैजाने निर्णय गरिएको हुँदा भोलि मिति २०७८

असोज १४ गते बिहीबारका दिन बिहान ठिक बजे कलेज प्राङ्गणमा सम्पूर्ण विद्यार्थी

भाइबहिनीहरूलाई कलेज पोसाकमा उपस्थित भइदिनका लागि सूचना गरिएको

कलेजबाट गाडी ठिक .०५ मा छुट्ने छन्

 .......................

 (रमेश पोखरेल)

 प्राचार्य

 

१३. दिइएको बोलपत्रको नमुना पढ्नुहोस् तपाईँको विद्यालयमा छात्रावास भवन बनाउनका लागि जारी गरिने बो उत्तर :

पेन्टागन इन्टरनेसनल माध्यमिक विद्यालय,कलेज

तीनकुने, काठमाडौँ

फोन :०१४११२३२४

पुस्तकालय भवन बनाउनेसम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना

(प्रथमपटक प्रकाशन मितिः (२०७८/०६/१३ गते)

यस विद्यालय/कलेजको अलग्गै पुस्तकालय भवन निर्माण गर्नुपर्ने भएकाले नेपाल सरकारबाट इजाजत प्राप्त

निर्माण कम्पनी/संस्थाले तपसिलबमोजिमका सर्तको अधीनमा रही रितपूर्वकको बोलपत्र पेस गर्नुहुन यो

सूचना प्रकाशन गरिएको

. यो सूचना प्रकाशित मितिदेखि ३० औँ दिनसम्म बोलपत्र फाराम यस कलेजको आर्थिक प्रशासन

शाखाबाट रु.३००।– (फिर्ता नहुने) तिरी प्राप्त गर्नसकिने

. खरिद गरिएका बोलपत्र फारामका महल स्पष्टरूपमा भरी प्रत्येक पानामा सहीछाप गरी प्रथमपटक

सूचना प्रकाशन भएको मितिदेखि ३५ औँ दिन दिनको १२ बजेभित्र यस कलेजमा उपस्थित भई वा

बोलपत्र आवश्यक कागजातको स्क्यान गरी अनलाइनमार्फत दर्ता गर्नुपर्ने

. बोलपत्रका साथ सम्बन्धित व्यक्तिको नागरिकता, अद्यावधिक नवीकरण गरेको व्यवसाय दर्ताको

इजाजतपत्र, अद्यावधिक नवीकरण पत्र, संस्था वा कम्पनी दर्ताको प्रमाणपत्र, मूल्य अभिवृद्धि करमा

दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बरको प्रमाणपत्र, ..०७७।७८ सम्मको कर चुक्ता गरेको

कागजातका प्रमाणित प्रति पेस पेस गर्नुपर्ने

. बोलपत्र फारामसाथ जमानतबापतको रकम यस कलेजको नाममा रहेको सिद्धार्थ बैङ्क, तीनकुने

शाखामा रहेको यस कलेजको चल्ती खाता नम्बर १००००००००००००००१ मा एकमुष्ट दाखिला

गरेको सक्कल भौचर पेस गर्नुपर्ने

. दर्ता हुन आएका सिलबन्दी तथा अनलाइनमा दर्ता भएका बोलपत्र फाराम ३६ औँ दिन दिनको .००

बजे यस कलेजमा नियमपूर्वक खोलिने

. बोलपत्र फाराम खरिद गर्ने वा दाखिला गर्ने दिन सार्वजनिक बिदा परेमा बिदापछिको कलेज खुलेको

दिन सोही समयमा उक्त कार्य हुने

. प्राप्त बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कलेजमा सुरक्षित रहने

. रित नपुगेका म्याद नाघिआएका बोलपत्रउपर कुनै कारबाही गरिने छैन

. बोलपत्रसम्बन्धी अन्य सर्त बोलपत्र फारममा उल्लेख गरेबमोजिम हुने छन्

१०. थप जानकारीका लागि यस कलेजको कार्यालयमा सम्पर्क गर्नसकिने

प्राचार्य

 

                                                                            

 

१५. दिइएकोसम्पादकलाई चिठी को नमुना पढ्नुहोस् यस्तै कुनै समसामयिक समस्यामूलक विषयमा आधारित भएर सम्बद्ध पक्षको ध्यानाकर्षण गराउन कुनै राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकलाई चिठी लेख्नुहोस् :

उत्तर :

मिति :२०७८।६।१७

श्रीमान् प्रधान सम्पादकज्यू,

गोरखापत्र राष्ट्रिय दैनिक,

धर्मपथ, काठमाडौँ

विषय : ध्यानाकर्षण गराएको

महोदय,

उपर्युक्त विषयमा हिजो असोज १६ गते प्रकाशित गोरखापत्रको पृष्ठ मा मोरङको बेलबारीमा बालिका बलात्कृत शीर्षकको समाचार प्रकाशित गरी बलात्कारजन्य आपराधिक घटनाको सिकार भएकी ती बालिकाको तस्बिरसमेत लगभग चिनिनेगरी समाचार प्रकाशित भएकोसम्बन्धमा मेरो ध्यानाकर्षण भएको

समाजमा अहिले यौनपिपाषुबाट बालिका बलात्कारको सिकार भइरहेका घटना सार्वजनिक भइरहके छन् तर बलात्कारीलाई भने हदैसम्मको सजाय दिनुको सट्टामा कुनै कुनै रूपमा घटनालाई लुकाएर वा दोषीलाई उन्मुक्ति दिनेगरी अनुसन्धान कमजोर पारेर पीडकले उन्मुक्ति पाएका घटना हामी देखि÷सुनिरहेका छौँ साथै पीडामा परके महिलाले भने जीवनभर अपमानको पीडा खप्नुपर्ने अवस्था विद्यमान रहेको यस्तो विकराल अवस्थामा गोरखापत्रजस्तो राष्ट्रको सञ्चारले पीडामा परेकी युवतीको तस्बिरसमेत झण्डै झण्डै चिनिनेगरी प्रकाशन गरिदिएकाले पीडामा परेकी ती बालिकाको बाँच्ने हकसमेत हनन भएको मैले महसुस गरेको छु अतः आइन्दा यस्ता खालका असावधानीका समाचार प्रकाशित नगर्न यो त्रुटिका प्रति क्षमायाचना गर्न यहाँको ध्यानाकर्षण गराएको छु

सधन्यवाद   

                                                                          भवदीय,                                                              

नाम :

                                                                                 ठेगाना :    

 

१६. नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग, कार्यालयका वेबसाइट हेर्नुहोस् तिनमा प्रकाशित सूचना, विज्ञापन, बोलपत्र, करारनामाको नमुना खोजेर कक्षामा प्रस्तुत गर्नुहोस्

उत्तर : भाइबहिनीले गर्ने

 

भाषातत्त्व

. उदाहरणअनुसार सरल वाक्यलाई संयुक्त मिश्र वाक्यमा परिवर्तन गर्नुहोस् :

उत्तर :

·         हावा चल्यो जाडो भयो              

सरल वाक्य

·         हावा चल्यो जाडो भयो             

संयुक्त वाक्य

·         जब हावा चल्यो तब जाडो भयो                

मिश्र वाक्य

·         तिमी राम्रो पढ तिमी सफल हुन्छौ         

सरल वाक्य

·         तिमी राम्रो पढ अनि तिमी सफल हुन्छौ     

संयुक्त वाक्य

·         जब तिमी राम्रो पढ्छौ तब तिमी सफल हुन्छौ

मिश्र वाक्य

·         किताब बजारमा आयो किताब पढ्छु    

सरल वाक्य

·         किताब बजारमा आयो किताब पढ्छु    

संयुक्त वाक्य

·         जब किताब बजारमा आयो तब किताब पढ्छु

मिश्र वाक्य

·         पानी पर्यो बाटो हिलो भयो       

सरल वाक्य

·         पानी पर्यो बाटो हिलो भयो       

संयुक्त वाक्य

·         जब पानी पर्यो तब बाटो हिलो भयो         

मिश्र वाक्य

 

सरल वाक्य :

कम्तीमा एउटा कर्ता एउटा क्रिया भएको, संयोजकले नजोडेको, सार्थक वाक्यलाई सरल वाक्य भनिन्छ

संयुक्त वाक्य :

दुई वा दुईभन्दा बढी (जतिसुकै) वाक्यहरूलाई वाक्यहरूका बिचको सम्बन्ध नदेखाई निरपेक्ष संयोजकले जोडेको वाक्यलाई संयुक्त वाक्य भनिन्छ निरपेक्ष संयोजक जहिले पनि संयुक्त वाक्यमा लाग्छ

मिश्र वाक्य :

इटा वाक्यहरूलाई वाक्यखण्डका बिचमा कार्य कारणको सम्बन्ध देखाएर सापेक्ष संयोजकले जोडेको जटिल संरचनायुक्त वाक्यलाई मिश्र वाक्य भनिन्छ सापेक्ष संयोजक जहिले पनि मिश्र वाक्यमा लाग्छ

 

. सरल वाक्यमा परिवर्तन गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :

उत्तर :

धेरै पहिले जङ्गल थियो जङ्गल घना थियो जङ्गलमा हलेसी धाम थियो जङ्गलमा जङ्गली जनावर थिए हलेसीछेउमा गैरीगुठ गाउँ थियो गैरीगुठमा वाग्वंशी राई बस्दथे उनी कुकुर पाल्थे सिकार खेल्थे उनी हलेसी महादेवछेउ पुगे अनकन्टार जङ्गल थियो एउटा सुन्दर मृग देखियो वाग्वंशीको कुकुरले त्यो मृगलाई लखेट्यो वाग्वंशी पनि कुकुरका पछि दौडिँदै गए मृग कुकुर दुबै जमिनभित्र हराए कुकुर भुकेको आबाज सुनियो कुकुर चाहिँ नदेखिने भयो रात पनि पर्न लाग्यो काले वाग्वंशी घर फर्के खाना खाएर सुते भोलिपल्ट उनी केही साथीसमेत पुनः त्यही ठाउँमा आए कुकुरका पाइलाको डोब पत्ता लगाउँदै गए झाडी फाँड्दै गए जमिनमुनि एउटा डर लाग्दो गुफा फेला पारे वाग्वंशीले जे पर्ला भनेर साथीको सहयोग मागे डोरीको सहायता लिए उनी गुफाभित्र हाम फाले गुफाभित्र पुगे गुफामा झिलिमिली उज्यालो रहेछ त्यहाँ शिवपार्वती आफ्ना प्रमथगणसहित आनन्दले बसेका रहेछन् वाग्वंशीले शिवपार्वतीलाई प्रणाम गरे उनी गुफाबाहिर आए गुफाका सबै कुरा सबैले थाहा पाए यस गुफाको प्रचारप्रसार भयो थुप्रै मानिस भेला भए गुफाभित्र छिर्ने बाटो बनाए सबैजना भित्र गए भित्र जाँदा शिवपार्वती अन्तध्र्यान भएका रहेछन् त्यहाँ उनीहरूका मूर्ति पो रहेछन् त्यहाँ शिवको पूजा आराधना गर्न थालिएको रहेछ यो हलेसीको मन्दिरको किम्वदन्ती हो यो किम्वदन्ती प्रचलित

. सरल, मिश्र संयुक्त तीनै प्रकारका वाक्यको प्रयोग गरी आफ्नो जीवनको लक्ष्यबारे लेख्नुहोस्

उत्तर :

लक्ष्मण हुमागाईँ हुँ मेरो घर बारा पर्सा जिल्लाको सिमानामा पर्ने सतबरिया भन्ने गाउँमा पर्छ मैले एसइई पास हुनेबित्तिकै उच्च शिक्षाको सपना साँचेर काठमाडौँको पेन्टागन कलेजमा कक्षा ११ मा भर्ना भएँ आफ्नो अध्ययनलाई बढाएँ मेरो परिवार निम्न मध्यम वर्गीय घरकै मात्र स्रोतले मेरो उच्च शिक्षाको सपना पूरा हुनु सम्भव छैन त्यसैले अहिले एउटा निजी उत्पादक कम्पनीमा काम पनि गर्दै अध्ययन पनि गर्दै गरिरहेको मेरो सपना प्रतिष्ठित वाणिज्य बैङ्कको प्रबन्धकसम्म हुने रहेको अनि मेरा बाआमाको सपना पनि यस्तै अर्थात् छोरो ठुलो असल मान्छे बनेको हेर्ने उहाँहरूको सपना जसरी सपना साहस बोकेर काठमाडौँ आएको छु त्यसैगरी मैले जसरी पनि मेरो उच्च शिक्षा पूरा गरी प्रतिस्पर्धाका माध्यमबाट बैङ्कको सेवामा प्रवेश गरी आफ्नो तथा मेरा बाआमाको पनि सपना पूरा गर्नु यो अभियानमा अविचलित रहेको छु

 

.        को प्रयोग भएका शब्दलाई अलग अलग सूचीमा देखाउनुहोस् :

उत्तर :

एक, एघार, एकतिस, एकाउन्न, गए, एकता, एकाग्र, एकादशी, एकान्त, लाएँ, आएँ, देखाएँ, पढाएँ, दिएँ,

भए, लिए, दिएर, एकचालिस, एकान्त, एकसरो, गए, खाए, आए

वायु, अनुयायी, यही, यसो, यस्तो, यस, त्यस, योग्य, पेय, शिष्य, दृश्य, हास्य, कार्य, वाक्य, गद्य, पद्य, रमणीय, कर्तव्य, धैर्य, जय, वाणिज्य, सौर्य, सौन्दर्य, राष्ट्रिय, लायौँ, पढायौँ, मुख्य, मनुष्य, जलमय, अन्नमय, यज्ञ, भय, हिमालय, यता, यति, त्यस्तो, बयर, घायल, टायम, डायरी, डायल, कायल, मध्ये

 

.       प्रयोग भएका दश दशओटा शब्दको प्रयोग गरी साथीलाई चिठी लेख्नुहोस्

उत्तर : भाइबहिनीले गर्ने

 

सर्जना परियोजना कार्य

. तपाईँले चिनेजानेको कुनै व्यापारिक वा सरकारी निकायमा सम्पर्क राखी त्यहाँबाट अरूलाई पठाइएका अरूले त्यस निकायमा पठाएका पत्र देखाउन अनुरोध गर्नुहोस् ती पत्रको ढाँचामा पाइने समानता भिन्नता लेखेर ल्याई कक्षामा प्रस्तुत गर्नुहोस्

उत्तर :

नेपाल सरकार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौँ

मिति : २०७८।६।१८

पत्र सङ्ख्या : ०७८।७९

.नं.१०७१

श्री वन विभाग,

बबरमहल, काठमाडौँ

विषय : फाइल पठाइदिनेबारे

 

 उपर्युक्त विषयमा जिल्ला वन कार्यालय, लमजुङ्मा कार्यरत जिल्ला वन अधिकृत श्री श्यामसुन्दर शर्माले आपूmलाई लाभ पुग्नेगरी वन विनाश तथा राजश्वमा समेत हिनामिना गरेको भन्ने उजुरी यस आयोगमा पर्नआएको हुदा निजको व्यक्तिगत फाइल तथा त्यस विभागले यससम्बन्धमा छानविन गरेको भए सोको प्रतिवेदनसहित सात दिनभित्र पठाइदिनुभई अनुसन्धानमा सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ

 .......................

 ( नित्यराज कँडेल)

 अनुसन्धान अधिकृत

Download Note

Getting Info...

About the Author

A free online educational resource provider.

Post a Comment

Please do not enter any spam link in the comment box.
Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.