Hey Grade 12 Students, your exams are near so work hard.

Class 11 Social Studies Unit 10 Complete Exercise Solution in Nepali


Class 11 Social Studies Unit 10 Complete Exercise Solution in Nepali

एकाई१०

पाठ-: नेपालको अर्थतन्त्रका आधार विशेषताहरु

अभ्यास

धेरैओटा आर्थिक विकासको प्रयासका बाबजुद पनि नेपालको अर्थतन्त्रले गति लिन सकेको देखिँदैन। यसका कारणहरू पहिल्याउनुहोस्

उत्तर:- नेपालमा आर्थिक विकासका लागि कतिपय योजनाहरू बनेपनि चाहेको जस्तो विकास हुन सकेको छैन यसका कारण निम्न हुन सक्छन्:

() योजना कार्यान्वयन:- नेपालमा आर्थिक विकासका लागि योजनाहरू बन्छन् तर सो योजनाहरूको कार्यान्वयन पक्ष कमजोर रहन्छ कतिपय योजना बिचमै छोडिन्छन् कति अलपत्र पर्छन् कतिलाई पूरा गर्न वर्षा लाग्छ

() उद्योग:-  देशमा कतिपय उद्योगहरू सञ्चालित छन् तर सो उद्योगहरूले सञ्चालनमा निरन्तरता पाइरहेका छैनन् कतिपय उद्योग बन्द भइसकेका छन् कतिपयको स्थिति राम्रो छैन उद्योगहरूलाई सरकारी संरक्षण प्राप्त छैन

() भूपरिवेष्ठित:- नेपाल भूपरिवेष्ठित मुलुक हो यसकारण समुद्र पारीको देशहरूसँग सिधा व्यापार गर्ने सुविधा छैन समुद्र पारीका देशहरूसँग व्यापारका लागि भारतमाथि निर्भर रहनुपर्छ

() प्राकृतिक रूपमा:- देशमा उपलब्ध स्रोत साधनको समुचित उपयोग हुन सकेको छैन यसले गर्दा रोजगारीका अवसर सृजना हुन सकेको छैन देशको युवा जनशक्ति विदेशी रोजगारीमा जानु परेको बेरोजगारी बढी रहेको

() विप्रेषण:- विदेशी रोजगारीबाट प्राप्त विप्रेषणको रकम उत्पादनमूलक कार्यमा उपयोग हुन सकेकी छैन विदेशी रोजगारीबाट प्राप्त रकम विलासी वस्तुको खरिद तथा अचल सम्पत्तिमा लगानी हने गरेकोले यसबाट आर्थिक विकासमा टेवा मिलेको छैन

() व्यापार घाटा:- देशले ठूलो व्यापार घाटा व्यहोरीरहेको यसबाट देशको पैसा विदेशतिर गइरहेको देशमा अत्यावश्यक वस्तुहरूको उत्पादनले देशको माग पूरा गर्न सकेको छैन देशमा उत्पादित वस्तुले विदेशी वस्तुको प्रतिस्पर्धा गर्न सकेका छैनन् यसकारण देशमा उत्पादित वस्तुले विदेशी बजार पाउन सकेका छैनन्।

() नीति परिवर्तन:- प्राय: कुनै पनि सरकारले आफ्नो पूरा अवधि काम गर्न सकेको छैन सरकार फेरिएसँगै नीति परिवर्तन हुन्छ बारम्वारको चुनावले ठूलो धनराशि खर्च गराउँछ यसबाट आर्थिक योजना प्रभावित हुन्छन्

 

नेपालको अर्थतन्त्रका सबल कमजोर पक्षहरू पहिल्याई नेपालको अर्थतन्त्रलाई सुदृढ गर्ने उपायहरू लेख्नुहोस्

उत्तर:-

देशको अर्थतन्त्रको सबल पक्षः

() जलस्रोत:- नेपालको जलस्रोतलाई, अर्थतन्त्रको सवल पक्षमा मानिन्छ नेपालमा हिमालबाट बग्ने प्रशस्त नदीनालाहरू छन् यी नदीहरूबाट करिब ४२००० मेगावाट आर्थिक रूपमा विद्युत् उत्पादन गर्न सकिन्छ यति धेरै जलविद्युत उत्पादन क्षमता भएपनि हामीले १०८३ मेगावाट मात्र उत्पादन गरेका छौ विदेशी लगानीको सुरक्षित वातावरण बनाउन सकेमा ठूला आयोजनाहरू सम्पन्न गर्न सकिन्छन् जल विद्युत् आयोजनामा निजी क्षेत्रलाई सहकार्य गर्ने प्रेरित गर्नुपर्छ हामीले बढी जलविद्युत छिमेकी देशमा निर्यात गर्न सकेमा ठूलो धनराशि प्राप्त गर्न सकिन्छ देशको उद्योगका लागि पनि समुचित विद्युत आपूर्ति भइरहन्छ तराईको उर्वर भूमिमा सिँचाइको बन्दोवस्त गर्न सकेमा कृषि उत्पादन पनि वृद्धि हुनसक्छ यसबाट पनि परनिर्भरता घट्छ

() पर्यटन:- नेपाल धार्मिक, सांस्कृतिक, ऐतिहासिक, तथा पुरातात्विक वस्तुहरूले भरिएको यस्ता पुरातात्विक, धार्मिक तथा ऐतिहासिक स्थानहरूको अवलोकन गर्न विदेशी पर्यटकहरू आउने गरेका छन् पहाडको सुन्दर प्राकृतिक दृश्य हेर्न पनि पर्यटकहरू आउँछन् यसकारण पहाडी क्षेत्रमा पदयात्रालाई प्रोत्साहन दिने सहज पैदल मार्गको बासस्थानको व्यवस्था मिलाउन सकेमा पर्यटकहरू वृद्धि गर्न सकिन्छ त्यस्तै साहसिक पर्यटनका लागि पनि विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ हिन्दू तथा बौद्ध धार्मिक स्थानहरूको अवलोकनका लागि पनि तीर्थ यात्रीहरूको गन्तव्य स्थान बनाउन सकिन्छ यसबाट रोजगारी सिर्जनाको हुनाको साथै राष्ट्रिय आयवृद्धि हुन सक्छ

() मानव संसाधन:- देशमा सक्रिय जनसङ्ख्याको मात्रा ठूलो यसलाई उपयोग गर्न सक्नुपर्छ प्राविधिक शिक्षामा जोड, कृषिको आधुनिकीकरण, उद्योगको विस्तार, सेवाक्षेत्रको विस्तार, पर्यटन क्षेत्रको विकास विस्तार गर्नुपर्छ देशमा उपलब्ध जनशक्तिलाई शिक्षा, व्यवसायिक तालिम, पूँजी, उद्यमशीलताको विकास गरी स्वदेशमा बस्ने वातावरण सिर्जना गर्नुपर्छ

 कमजोर पक्षः

() उद्योग:- देशका अधिकांश उद्योग कृषिमा आधारित छन् कृषि पनि निर्वाहमुखी साथै देशमा उन्नत बिउ बिजन, मलखाद, सिँचाइ आदिको राम्रो व्यवस्था छैन देशमा औद्योगिक खनिजको कमी भएका खनिजहरूको उत्खनन भएको छैन खनिज प्रयोग गर्ने उद्योगको कमी देशमा पूँजीको अभाव, संरक्षण नीतिको अभाव आदिले गर्दा उद्योगका विकास कम मात्रामा भएको

() कृषि:- कृषिको पनि हालको अवस्था राम्रो छैन देशको अधिकांश भाग पहाडले भरिएको देशको कूल भूमिको १८% मात्र कृषियोग्य कृषि पनि निर्वाहमुखी

 नेपालको अर्थतन्त्र सुदृढ गर्ने उपायहरूः

() कृषिलाई व्यवसायीकरण आधुनिकीकरण गर्ने,

() कृषिवाट निर्यातयोग्य बालीहरूको गुणस्तरीय उत्पादन तथा प्रशोधनका लागि योजना बनाई कार्यान्वयन गर्ने। निजी क्षेत्रलाई यसका लागि प्रेरित गर्ने

(कृषि उत्पादन वृद्धि गरी कृषिमा आधारित उद्योगहरूलाई संरक्षण गर्दै जाने यसबाट देशमा देशकै उत्पादन उपयोग हुन्छ आयात घट्छ

() पर्यटन उद्योगलाई विकास गर्न योजना बनाउने देशका पुरातात्त्विक तथा ऐतिहासिक स्थलहरूको बारेमा प्रचार प्रसार गर्ने साहसिक पर्यटन विकासका लागि कार्य योजना बनाउने काठमाडौं उपत्यका बाहिर पनि उत्तम आवास सुविधाहरू वृद्धि गर्ने

() सडक मार्गलाई स्तरोन्नति गरी सालैमा सवारी चल्न योग्य बनाउने, मरम्मत सम्भारको व्यवस्था गर्ने।

(जलविद्युत उत्पादनका लागि विदेशी लगानी आकर्षित गर्ने, सुरक्षित वातावरण तयार गर्ने, बढी उत्पादन निर्यात गर्न आवश्यक व्यवस्था गर्ने

() प्राविधिक शिक्षा तथा व्यवसायिक सिप आदिमा दक्षता हासिल गर्न तालिम केन्द्र वा शिक्षालयको स्थापना गर्ने

() निर्यात प्रवर्द्धन गर्न व्यापार विविधीकरण, बाली विविधीकरण आदिको योजना बनाई कार्यान्वयन गर्ने

() घरेलु तथा साना उद्योगलाई प्रोत्साहित गरी रोजगारी सिर्जना गर्ने l

पाठ-: सार्वजनिक, निजी तथा सहकारी  क्षेत्र

अभ्यास

.  ‘आर्थिक विकासमा सार्वजनिक, निजी सहकारी क्षेत्र एकअर्काका परिपूरक हुन् यस भनाइलाई  पुष्टि गर्नुहोस्

उत्तर:- आर्थिक विकासका लागि सार्वजनिक, निजी तथा सहकारी तीनै क्षेत्रको आवश्यकता पर्छ नेपालले पनि यही तीन खम्बे नीति अङ्गालेको देशका लागि आवश्यक सेवा वस्तु तथा मानिसका लागि आवश्यक सेवा वस्तु केहीमा समानता भएपनि केहीमा असमानता पनि हुन्छ देशलाई प्रतिरक्षाको सामान चाहिन्छ जनतालाई यसको आवश्यकता पर्दैन प्रजातान्त्रिक मुलुकमा आर्थिक विकास गरी जनताको सामाजिक एवम् सांस्कृतिक रूपान्तरण गर्ने पनि लक्ष्य रहेको हुन्छ सरकारले आफ्नो नागरिकलाई सकेसम्म सेवा प्रदान गरी जीवनस्तर उकास्ने प्रयास गर्छ जति जति आय बढ्दै गयो त्यति नै मानिसको जीवनस्तरमा सुधार आउँछ मानिसको सोचमा सकारात्मक परिवर्तन आउँछ यसकारण राज्यले सकेसम्म आर्थिक विकासका लागि योजनाहरू तर्जुमा गरी कार्यान्वयन गर्छ सरकारले यस्ता योजना कार्यान्वयन गर्न जनता माथि कर लगाई राजस्व सङ्कलन गर्छ सरकारले कर लगाउँदा जनताको आर्थिक स्थिति तथा कर आउने स्रोतहरू बारेमा सोच्नुपर्छ जथाभावी कर लगाएर कर उठाउन सकिँदैन कर तिर्न नसक्ने स्थिति भएमा सरकारी नीतिको विरोध हुन सक्छ यसकारण सरकारले सबै आवश्यक वस्तु सेवाको क्षेत्रमा लगानी गर्न सक्दैन अति आवश्यक तर लगानी बढी चाहिने भए सरकारले यस्ता आयोजना पूरा गर्न योजना तर्जुमा गर्छ त्यस्ता ठूला आयोजनालाई क्रमैसँग समय लगाएर पूरा गरिन्छ हाल हाम्रो देशमा शिक्षा, स्वास्थ्य, विद्युत्, सञ्चार, यातायात आदि क्षेत्रमा सार्वजनिक लगानी देखिएको सरकारले सबै आवश्यक वस्तु सेवाको उत्पादनमा लगानी गर्न सक्दैन यस्ता क्षेत्रहरूमा निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सिर्जना गरिन्छ कतिपय उद्यमीलाई आफ्नो उद्यम सञ्चालन गरी नाफा पनि कमाउने, प्रतिष्ठा पनि कमाउने इच्छा हुन्छ त्यस्ता उद्यमीहरूले जनतालाई आवश्यक वस्तु सेवाको उत्पादनमा लगानी गर्छन् यस्ता लगानीले युवा जनशक्तिले रोजगार पाउँछ आयात घट्छ देशमा बचत बढ्छ रोजगारी गर्नेहरूको जीवनस्तरमा सुधार आउँछ यसले आर्थिक प्रगतिलाई टेवा दिन्छ सिमेन्ट उद्योग, औषधि, उद्योग, जुत्ता, भाडाकुँडा, इंट टायल, परिवहन आदि क्षेत्रमा हाम्रो देशमा निजी क्षेत्रले काम गरेको देख्दैछौं व्यापार व्यवसायमा पनि निजी क्षेत्रले रोजगारी दिएर आर्थिक विकासमा सघाएको निजी सार्वजनिक लगानी नपुगेको ठाउँमा सहकारीले पनि सहयोग गर्न सक्छ ससाना बचतलाई एकत्रित गरी देशमा पूँजी निर्माणमा सहकारीले ठूलो भूमिका खेल्न सक्छ। निम्न आय भएकालाई आर्थिक प्रगति गर्न आर्थिक सहयोगको रूपमा ऋण प्रवाह गरी स्वरोजगार गर्न सघाउँछ समुदायका मानिसहरू मिली सरकारी ऐन अन्तर्गत रही सहकारी संस्था स्थापना गर्न सक्छन् यस्ता सहकारीले ग्रामीण समुदायमा कृषिलाई आवश्यक वस्तु, खाद्यान्न, दैनिक उपभोगका वस्तु आदि उपलब्ध गराउन सक्छ साथै ग्रामीण समुदायका मानिसलाई बचत गर्ने प्रवृत्तितिर प्रेरित गर्न सक्छ बचत गर्ने प्रवृत्तिले मितव्ययिता बढ्छ विलासिता वस्तुमा खर्च घट्छ मानिसहरूको आर्थिक स्थितिमा सुधार आउँछ यसकारण देशमा आर्थिक उन्नतिका लागि सार्वजनिक निजी तथा सहकारी क्षेत्रले

एकअर्कालाई सहयोग गरी आर्थिक विकासमा टेवा पुर्याउँछन् सरकारले बाटो बनाउँछ निजी क्षेत्रले यातायातको साधन ल्याउँछ आवागमन सहज बनाउँछ सहकारीले किसानलाई कृषिलाई आवश्यक वस्तु उपलब्ध गराउँछ तथा कृषि उत्पादन बजारसम्म पुर्याउन सहयोग गर्छ

.  के सहकारीहरूले सहकारीको मूल्य, मान्यता सिद्धान्तहरूको पूर्णपालना गरेका छन् ? विभिन्न सञ्चारका स्रोतहरूबाट सूचना सङ्कलन गरी समीक्षा गर्नुहोस् सोअनुसार गर्न सुझाव पनि दिनुहोस्

उत्तर:-  नेपालमा हाल प्रशस्त सहकारी संस्थाहरू कार्यरत छन् ग्रामीण समुदायमा पनि सहकारी संस्थाहरू चलेको सुनिन्छ महिलाहरूले पनि सहकारी चलाएको देखिन्छ हाल नेपालमा चलेका सहकारी संस्थाहरूमा बढी संस्थाहरू सहकारीको मूल्य, मान्यता सिद्धान्त अनुरूप नै चलेको पाइन्छ कतै कतै गाउँघर तथा सहरबजारमा पनि सहकारी संस्थाहरू, सहकारीको मूल्य मान्यता विरुद्ध चलेको सुनिएको पत्रपत्रिकामा सहकारीको पैसा लिएर निर्देशक भागेको समाचार पनि पढिन्छ कतिपय पक्राउ पनि परेको समाचार पत्रिकामा आउँछ सहकारीले न्यून आय भएको वर्गलाई जीवनस्तर सुधार्न सेवा प्रदान गर्नुपर्ने हो समाजमा छरिएर रहेको ससाना बचतलाई एकत्रित गरी स्वरोजगार प्रवर्द्धन गरी रोजगारीको सिर्जना गर्नमा अहम् भूमिका खेल्नुपर्ने हो सहकारीले सहकारीको मूल्य मान्यता अनुरूप काम गरी देशको आर्थिक विकासमा सहयोग पुगोस् भन्ने आशयले केही सुझावहरू प्रस्तुत गरिएको -

i)  ग्रामीण वा सहरी समुदायको -साना बचतलाई जम्मा गरी जनतालाई बचत गर्ने प्रवृत्तिलाई अभिप्रेरित गर्ने।

ii)  निम्न आय भएका समुदायका परिवारका व्यक्तिलाई सहकारीका सदस्यहरूको जमानीमा ऋण प्रवाह गरी स्वरोजगार गर्न प्रोत्साहन गर्ने

iii)  ऋण प्रवाह गर्दा ऋण नडुवोस भन्नाका लागि जमानीमा बस्नेले ऋणीले नतिरेमा उनीहरूबाट भरपाई गरिने भनी लिखित कागज बनाउनु पर्छ यसबाट ऋणीलाई ऋण तिर्न काम गर्न जमानीकर्ताहरू दवाव दिइरहन्छन्

iv)  सहकारी संस्थाले भरसक अचल सम्पत्तिमा लगानी गर्नु हुँदैन किनकि अचल सम्पत्तिमा प्रवाह भएको पूँजी अर्को लगानीमा प्रयोग गर्न पाइँदैन यसबाट बढी मानिसलाई ऋण लिएर कम गर्न बाधा पुग्छ

v)  सहकारीले विना धितो ठूलो रकम ऋणमा प्रवाह गर्नु हुँदैन खराब ऋणले सहकारीलाई घाटा पुर्याउँछ

vi)  सहकारी संस्थामा एउटा निर्देशकलाई सर्वोपरि अधिकार दिई काम गर्न दिइनु हुँदैन यसबाट संस्थामा एकलौटीपन बढ्छ संस्थामा अरूको सकृयता घट्छ

vii)  सबै सदस्यहरू सक्रिय भइरहेका संस्था जागृत रहन्छ, प्रतिष्ठा बढ्छ यसले गुणात्मक सेवा प्रदान गर्न सक्छ।

viii)  ग्रामीण समुदायमा सेवा प्रदान गर्ने सहकारीले ग्रामीण समुदायलाई दैनिक उपभोगका वस्तु बिक्री गर्ने गर्नु पर्छ यसबाट ग्रामीण समुदायले उचित मूल्यमा सामान प्राप्त हुन्छ कालाबजारियाबाट उनीहरू जोगिन्छन् साथै ग्रामीण उत्पादनलाई सहरबजारसम्म पुर्याई बिक्री गर्नमा वा सहर बजारका व्यापारीलाई सहज रूपमा उत्पादन बिक्री गर्ने प्रबन्ध गरेमा ग्रामीण समुदायलाई सहयोग पुग्छ

 

.  ‘निजी क्षेत्र, सहकारी सार्वजनिक क्षेत्रबिनको साझेदारीबाट नै आर्थिक विकास हुन सक्छ यस भनाइप्रति आफ्नो धारणा प्रस्तुत गर्नुहोस्

उत्तर:- देशको आर्थिक प्रगति एउटै क्षेत्रले गर्न सक्दैन यसमा निजी, सहकारी तथा सार्वजनिक क्षेत्रको साझेदारी आवश्यक हुन्छ अधिकांश प्रजातान्त्रिक मुलुकहरूले गआर्थिक विकासका लागि मिश्रित आर्थिक प्रणाली अङ्गालेका छन् यस्तो आर्थिक प्रणालीमा निजी, सार्वजनिक तथा सहकागरीले काम गर्न पाउँछन् सार्वजनिक क्षेत्र सरकारी क्षेत्र हो सरकारले सबै क्षेत्रमा लगानी गर्न सक्दैन किनकि सरकारले लगानीका लागि जनताबाट कर उठाउनुपर्छ करको बोझ बढी भएमा कर उठाउन सकिँदैन देशको आर्थिक स्थिति खराब हुन्छ यसकारण ठूला ठूला अति महत्त्वपूर्ण राष्ट्रिय गौरवका आयोजना सरकारले पूरा गर्छ सरकारले अति आवश्यक प्रतिरक्षाका सामान, यातायात, शिक्षा, स्वास्थ्य, विद्यूत, सञ्चार आदि क्षेत्रमा सरकारले लगानी गर्छ। राज्यले यस्तो सेवा नाफा नलिई प्रदान गर्छ सार्वजनिक क्षेत्रको उद्देश्य जनतालाई आवश्यक सेवा प्रदान गरी जीवनस्तरमा सुधार ल्याउनु हो देशका जनतालाई अन्य दैनिक उपभोग्य वस्तुहरूको आवश्यकता पर्छ यस्ता क्षेत्रमा सरकारले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सृजना गर्छ लगानी गर्न उत्प्रेरित गर्छ निजी क्षेत्रले पनि देशकै स्रोत साधन उपयोग गरी आवश्यक वस्तु सेवाको उत्पादन गर्छ जनतालाई सहज उपलब्ध गराउँछ निजी क्षेत्रको उद्देश्य सेवा प्रदान गरी नाफा कमाउनु पनि हो तर सरकारले नियम बनाई अनुचित नाफा लिनबाट निजी क्षेत्रलाई रोक्छ देशमा जति निजी उद्यम बढ्यो, त्यति नै सरकारले बढी राजस्व प्राप्त गर्छ बढी राजस्व प्राप्त गरेमा सरकारले जनतालाई बढी सेवा प्रदान गर्न सक्छ   सरकारले समुदायका मानिसहरूलाई आय आर्जनका साथै समुदायलाई सेवा दिने उद्देश्यले सहकारी संस्था खोल्न इजाजत दिन्छ यस्ता सहकारीले सानो बचतलाई सङ्कलन गरी स्वरोजगार प्रवर्धन गरी आर्थिक प्रगतिमा मद्दत दिन्छ बढी भन्दा बढी मानिसहरू रोजगारीमा लागेमा देशमा सामाजिक विकृति पनि घट्छ साथै मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन पनि आउँछ यसैले देशको आर्थिक उन्नतिका लागि निजी सहकारी तथा सार्वजनिक क्षेत्रको साझोदारी आवश्यक पर्छ

पाठ-: विप्रेषण  नेपाली अर्थतन्त्र

 अभ्यास

.  नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्त्वपूर्ण भूमिका रहेको छ। विप्रेषण रकम नभए नेपालको आर्थिक अवस्था कस्तो हुन्थ्यो होला, आफ्ना तकीहरू दिनुहोस्

उत्तर:- नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्त्व ठूलो किनकि देशमा कृषि, उद्योग, सेवा व्यवसाय आदिले देशका युवा जनशक्तिलाई यथेष्ट रोजगारी दिन सकेको छैन न्यून आय भएकोले अधिकांश जनताको जीवनस्तर पनि न्यून हाल देशमा केही प्रतिशत परिवारको जीवनमा सकारात्मक सुधार विप्रेषणले गर्दा आएको छ।

विप्रेषण रकम नभएको भए :

() नेपालमा अधिकांश परिवारको आर्थिक स्थिति दयनीय हुन्थ्यो।

() देशको विदेशी मुद्राको संचिती धेरै कम हुन्थ्यो।

() विदेशबाट आयात गरिदै आएका अत्यावश्यक उरुत्पादन सामग्रीको अभावमा उद्योग व्यवसायको स्थिति कमजोर हुन्थ्यो।

() बेरोजगारी अझ बढ्थ्यो सामाजिक विकृति बढ्ने सम्भावना हुन्थ्यो।

() देशमा पूर्वाधार विकासमा बाधा पुग्थ्यो।

() देशको राष्ट्रिय आय तथा गार्हस्थ उत्पादनमा नकारात्मक प्रभाव पर्थ्यो

() देशमा उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात आदि सेवाहरूमा नकारात्मक प्रभाव पर्थ्यो देशको आर्थिक अवस्था दयनीय हुन्थ्यो होला।

 

.  विप्रेषण रकम उत्पादनभन्दा उपभोगमा खर्च भएको अवस्थामा यसको सदुपयोग कसरी गर्न सकिन्छ, बँदागत रूपमा सुझाव दिनुहोस्

उत्तर:- नेपालमा भित्रिएको विप्रेषण रकमको अधिकांश भाग उपभोगमा खर्च हुन्छ यसकारण यसले देशको आर्थिक विकासमा ठूलो भूमिका खेल्न सकेको छैन विप्रेषण रकमलाई उत्पादनमूलक कार्यमा लगानी गरेमा यसले देशको आर्थिक स्थितिमा सुधार ल्याउँछ यसका लागि-

() विप्रेषण रकमलाई जनताको दैनिक आवश्यकता वस्तुहरू उत्पादन गर्ने उद्योगहरूको स्थापनामा लगानी गर्नुपर्छ यसले गर्दा देशको आयात घट्छ बचत वृद्धि हुन्छ

() विप्रेषणको रकम युवा जनशक्तिलाई दक्ष बनाउन सिप प्रविधिको तालिम दिन प्रयोग गर्नुपर्छ यसबाट युवा जनशक्ति स्वरोजमारमा संलग्न हुँदा देशमा उत्पादन बढ्छ रोजगारी बढ्छ

() विप्रेषण रकमलाई कृषिलाई आधुनिकीकरण व्यवसायीकरणका लागि उपयोग गर्नुपर्छ कृषि उत्पादन वृद्धि भए खाद्यान्नको आयात घट्छ देश आत्मनिर्भर बन्छ

()  कृषि उत्पादनलाई प्रशोधन गरी निर्यात योग्य बनाई विदेशी बजारमा निर्यात गर्ने योजना निर्माण तथा कार्यान्वयनमा लगानी गर्नुपर्छ नेपालबाट हाल चिया कफी, अलैंची, अदुवा, अंग्रेसो आदिलाई गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्द्धन गर्न सकिन्छ

() विप्रेषणको रकमलाई साना जलविद्युत् आयोजना निर्माणमा उपयोग गर्न सकिन्छ यसबाट ऊर्जाको सहज आपूर्ति भई उद्योगहरू सहज रूपमा सञ्चालन हुन सक्छन् यसबाट पनि रोजगार सिर्जना हुन्छ

() साहसिक पर्यटक तथा मनोरञ्जन केन्द्रको स्थापनामा लगानी गर्नाले पर्यटकहरू आकर्षित हुन्छन् आय वृद्धि हुन्छ

() स्वास्थ्य सेवा सुदृढीकरण, औषधि निर्माण, जडीबुटी उत्पादन वृद्धि, आदि कार्यमा पनि विप्रेषणको रकम लगानी गर्न सकिन्छ।

पाठ-: स्थानीय, औपचारिक अनौपचारिक कारोबार

अभ्यास

.  ‘अनौपचारिक कारोबार पद्धति बढ्नाले राज्यको अर्थतन्त्र डामाडोल हुन्छ सामाजिक अस्थिरता पैदा हुन्छ।यस भनाइलाई पुष्टि गर्नुहोस्।

उत्तर:- सरकारमा दर्ता नभई लुकी चोरी विना अभिलेख गरिएको कारोबारलाई अनौपचारिक कारोबार भनिन्छ सिमापारीबाट सामान लुकीचोरी ल्याएर बेच्ने कारोबार, जुवातास खेलाएर आयआर्जन गर्ने कारोबार, साहु महाजनले तमसुक बनाई चर्को व्याजमा गाउँघरका मानिसलाई ऋण दिनु, लागू औषधको कारोबार, घुसखोरी, अवैध रूपमा वैदेशिक रोजगारीमा पठाउने आदि कारोबार अनौपचारिक कारोबार भनिन्छ यस्ता कारोबार बढेमा देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्छ अनौपचारिक कारोबारको केही अभिलेख राखिएको हुँदैन यस्तो कारोबारबाट प्राप्त हुने आयमा कर तिरिंदैन सरकारलाई यस्तो कारोबारबाट कुनै आय आर्जन हुँदैन यसकारण यसलाई नियमन गर्न कठिनाई पर्छ यस्ता कारोबारले अवैधानिक सरसामानको पनि बिक्री वितरण हुन सक्छ सामाजिक विकृति उत्पन्न गराउने कारोबार पनि यस अन्तर्गत हुनसक्छ

अनौपचारिक कारोबारबाट सरकारलाई कुनै पनि कर प्राप्त हुँदैन यसकारण यस्ता कारोबारले राष्ट्रिय आयमा वृद्धि हुँन सरकारलाई विकास निर्माण कार्यका लागि कुनै पनि आर्थिक सहयोग हुँदैन यस्ता कारोबारको कुनै अभिलेख हुँदैन यस्ता कारोबारलाई नियमन गर्न कठिनाई पर्छ यस्ता कारोबारले कर नतिर्ने भएकोले बैध कारोबारबाट गरिने सामानको मूल्यभन्दा अनौपचारिक कारोबारबाट गरिने सामानको मूल्य कम हुने हुँदा यसले बैध कारोबारलाई पनि बाधा पुऱ्याउँछ यस्तो कारोबारले सरकारलाई कुनै राजस्व प्राप्त नहुने हुँदा सरकारी आय नबढ्ने हुँदा राज्यको आर्थिक अवस्था डामाडोल हुन्छ सरकारले सार्वजनिक सुरक्षामा पर्याप्त खर्च गर्न नसक्दा सामाजिक अस्थिरता उत्पन्न हुन सक्छ

. तलको तालिका भर्नुहोस् :

स्थानीय कारोवारलाई औपचारिक कारोबारमा रूपान्तरण गर्ने उपाय

अनौपचारिक कारोवारलाई नियन्त्रण गर्ने उपाय

औपचारिक कारोवारलाई व्यवस्थित गर्ने उपायहरू

तालिका:

स्थानीय कारोवारलाई औपचारिक कारोबारमा रूपान्तरण गर्ने उपाय

अनौपचारिक कारोबारलाई नियन्त्रण गर्ने उपाय

औपचारिक कारोवारलाई  व्यवस्थित गर्ने उपायहरू

i) स्थानीय कारोबारलाई स्थानीय

तहका गाउँ/नगरपालिकामा दर्ता

गराउने

ii) स्थानीय तहमा कारोबार गरेवापत

लाग्ने कर तिर्ने

iii) कारोबार गर्ने वस्तुहरूको

नामावली तथा अनुमानित वार्षिक

कारोबारको रकमको विवरण राख्ने।

iv) कारोबारलाई करको दायराभित्र

ल्याउने

 

 

i) सिमामा निगरानी बढाउने

बिहान सिमा खोल्ने राति

बन्द गर्ने समय सार्वजनिक

गर्ने

ii)  सिमा नाका बन्द भएका

समयमा मालसामान ओहोर

दोहोर  गरेमा भन्सार शुल्क

बढी गरी असुल गर्ने सजाय

पनि गर्ने

iii)  जुन सामान बढी ओहोर

दोहोर हुन्छ तथा आवश्यक

उपभोग्य वस्तु हो भने भन्सार

कम गरी सहज आयात गर्ने

वातावरण बनाउने

 

 

i) औपचारिक कारोबारको

अभिलेख राख्ने।

ii) औपचारिक कारोबारलाई दर्ता

गरी कारोबार गर्ने इजाजत पत्र

दिने।

iii) कारोबारमा लाग्ने कर सहज

रुपमा तिर्ने वातावरण बनाउने

iv) जुन सामानहरु समुदायलाई हित

हुन्छ आवश्यक , त्यस्ता

सामानलाई औपचारिक

कारोबारमा सामेल गराउने

औपचारिक कारोबारलाई देशको अर्थतन्त्र विकासको मुख्य आधार मानिन्छ, किन ?

उत्तर:- औपचारिक कारोबारलाई अर्थतन्त्र विकासको आधार मानिन्छ औपचारिक कारोबार सरकारमा दर्ता हुन्छ यो सरकारको नियम अन्तर्गत केन्द्रीय सरकार, जिल्ला कार्यालय वा गाउँ/नगरपालिकामा दर्ता गरी इजाजत पत्र लिएर कारोबार गर्नुपर्छ यसरी दर्ता गर्दा यस्को अभिलेख रहन्छ साथै यस्ता कारोबारको इजाजत पत्र लिन शुल्क तिर्नुपर्छ प्रत्येक वर्ष नवीकरण गर्दा पनि शुल्क लाग्ने गर्छ। सरकारले तोकेको आय सिमा भित्र कर लाग्ने भए कर तिर्नुपर्छ यस्तो कारोबार गर्दा निकासी पैठारी गर्दा पनि भन्सार शुल्क तिरेर ल्याउनु पर्छ जति कारोबारको परिमाण बढी भयो, उति बढी कर तिर्नुपर्छ जति कर बढी प्राप्त हुन्छ, उति नै सरकारी आय बढ्छ सरकारले त्यति नै बढी विकास निर्माण कार्य गर्छ औपचारिक कारोबार बैध भएकोले यस्ता कारोबारबाट देश वा समुदायलाई हानि नोक्सानी पुग्दैन यस्ता कारोबार जति बढ्यो उति नै राष्ट्रिय आय बढ्छ सरकारले त्यति जनताको हितमा काम गर्न पाउँछ यस्ता कारोबारले सरकारी आय वृद्धि भई अर्थतन्त्र बलियो हुन्छ बलियो अर्थतन्त्र विकास निर्माणको बलियो आधार बन्छ

 

स्थानीय कारोबारलाई सबल प्रभावकारी बनाउन के गर्नुपर्दछ ?

उत्तर:- स्थानीय कारोबारलाई सबल प्रभावकारी बनाउन निम्न उपाय गर्नुपर्ला:

i)  स्थानीय आवश्यकतालाई स्थानीय स्तरमा उत्पादन गरी पूर्ति गर्ने

ii)  स्थानीय कारोबारलाई सहज गर्न स्थानीय बजार पायक पर्ने ठाउँमा साप्ताहिक हाट बजारको व्यवस्था मिलाउने

iii)  कृषि उत्पादन, खाद्यान्न, लत्ताकपडा आदि सरसामानका आधारमा वर्गीकरण गरी हाटबजारमा स्थान निर्धारण गर्ने।

iv)  हाटबजार लाग्ने स्थानमा व्यापारीहरूबाट हाट शुल्क उठाउने

v)  पशु बिक्रीबाट पनि केही शुल्क लिन प्रावधान राख्ने

vi)  स्थानीय बजारलाई व्यवस्थित गर्न स्थानीय तहले सक्रिय भूमिका निर्वाह गर्ने

vii)  स्थानीय कारोबार पनि राष्ट्रिय उत्पादनमा योगदान दिने हुनाले कृषि तथा पशुपालन तथा अन्य पेशागत व्यवसायमा दक्षता हासिल गर्न छोटो अवधिको तालिम दिने स्थानीय उत्पादन वृद्धि भएमा राष्ट्रिय उत्पादनमा पनि वृद्धि हुन्छ

पाठ-: कृषि,उद्योग निर्माण

अभ्यास

.  “नेपालमा कृषि उद्योग एकअर्काका परिपूरक हुन् यस भनाइलाई पुष्टि गर्दै कृषिको व्यवसायीकरण औद्योगिक विकासका उपायहरू प्रस्तुत गर्नुहोस्

उत्तर:- नेपालमा कृषि उद्योग एक अर्काका पूरक हुन् नेपालमा अधिकांश उद्योग, कृषि उत्पादनमा आधारित छन् जस्तैः चामल, तेल, चिनी, कफी, जुट, सिंगरेट, चिया, अलैची प्रशोधन, फलफूलको रस निकाल्ने, कार्डबोर्ड डिस्टलरी, विस्कुट, सुजी, चाउचाउ, मैदा, आटा, कृषि उपकरण आदि हाम्रो देशमा जति कृषि उत्पादन बढ्यो, उतिनै कृषिमा आधारित उद्योग बढ्छन् उद्योग बढे, रोजगारी बढ्छ, राजस्व बढ्छ, आयात घट्छ, बचत बढ्छ आर्थिक अवस्थामा सुधार हुन्छ मानिसको जीवनस्तरमा सुधार आउँछ कृषि उत्पादन घटे उद्योग घट्छ यसले आर्थिक अवस्थामा नकारात्मक प्रभाव पार्छ।

हाम्रो देशको कृषि निर्वाहमुखी कृषि उत्पादन कम यसकारण कृषिमा आधारित उद्योगहरूको सङ्ख्या पनि थोरै हामीले कृषि उत्पादन बढाउन सक्यौ भने उद्योगहरूट सङ्ख्या पनि बढ्छ रोजगारी पनि बढ्छ राष्ट्रिय आय पनि बढ्छ कृषि उत्पादन वृद्धि गर्न कृषिलाई व्यवसायीकरण गर्नुपर्छ यसका लागि निम्न उपायहरू अवलम्बन गर्नुपर्छ-

i)  किसानहरूलाई कृषिको आधुनिक प्रविधिको तालिम दिनुपर्छ

ii)  ऐच्छिक विषयको रूपमा गाउँघरका विद्यालयहरूमा कृषि शिक्षा लागू गर्नुपर्छ

iii)  किसानलाई खेतीको याम अगावै उन्न्त बिउबिजन तथा मलखाद उपलब्ध गराउने राज्यले व्यवस्था गर्नुपर्छ

iv)  किसानलाई कृषि उपकरण खरिद, मलखाद तथा बिउविजन खरिदका लागि सहुलियतपूर्ण ऋण सुविधा उपलब्ध गराउनु पर्छ किनकि नेपालमा वर्षाको ठेगान हुँदैन हिउँदमा वर्षा नहुने हुँदा सिँचाइ सुविधा भए बाली उत्पादन हुन्छ

v)  भूमिगत जल उपलब्ध भएका ठाउँमा विद्युत् आपूर्ति सहज गरी सोको प्रयोग गरी सिँचाइ गर्नुपर्छ

vi)  बढी से बढी किसानहरूलाई पायक पर्ने ठाउँमा कृषि उत्पादन भण्डारण गर्ने, गोदामघर निर्माण गर्नुपर्छ

vii)  बाली बिमा प्रथा प्रचलनमा ल्याउनुपर्छ

viii)  किसानलाई जैविक मल उत्पादन गर्ने प्रयोग गर्न प्रोत्साहित गर्नुपर्छ

ix)  यातायात सुविधा भएको किसानलाई सुविधा हुने ठाउँमा कृषिबजार वा मण्डीको सरकारले व्यवस्था गर्नुपर्छ यस्ता ठाउँमा सरकारले वा व्यापारीहरूले खरिद गर्ने प्रबन्ध गर्नुपर्छ

x)  प्रमुख बालीहरूको न्यूनतम बिक्री मूल्य सरकारले बाली तयार हुन अगावै तोक्नुपर्छ कृषि बजारमा सो मूल्य किसानले पाउनु पर्छ

xi)  चर्को ब्याज लिने तथा जाली तमसुक बनाई उठीबास लगाउने साहु महाजनलाई कडा सजाय दिनुपर्छ

औद्योगिक विकासका उपायहरू

i)  देशमा प्राविधिक शिक्षालयहरूको व्यवस्था गरी दक्ष कामदार उत्पादन गर्ने

ii)  उद्योगहरूलाई कोरामालको प्राप्तिका लागि यातायात तथा सञ्चारको विकास गर्ने

iii)  उद्योगहरूको उत्पादन बिक्री गर्न बजारको व्यवस्था गर्ने यसका लागि संरक्षण नीति अवलम्बन गर्ने।

iv)  उद्योगलाई चाहिने पूँजीका लागि वित्तिय संस्थाहरूमा बचत निक्षेप हुने वातावरण बनाउनुपर्छ वित्तिय संस्थाहरूले बचत डुब्दैन भन्ने विश्वास जनतालाई दिलाउनुपर्छ

v)  उद्यमी कामदारबिच सुमधुर सम्बन्ध स्थापना गर्नुपर्छ उद्यमीको कठिनाई कामदारले विचार गर्ने कामदारको कठिनाई उद्यमीले बुझ्नुपर्छ

vi)  हावापानी माटो अनुसारको कृषि बाली उत्पादनमा जोड दिने यसरी बाली विविधीकरणले गर्दा सबै उद्योगहरूलाई कोरामालको आपूर्ति भइरहन्छ

vii)  उद्योगहरूले बाली खरिद गरेपछि किसानहरूलाई भुक्तानी दिनुपर्छ झुक्याउने काम गर्नुहुँदैन

viii)  उद्योगले गुणस्तरयुक्त वस्तु उत्पादन गर्नुपर्छ जसले बजारमा सहज प्रतिस्पर्धा गर्न सकोस् त्यसो भए उद्योगलाई बजारको अभाव हुँदैन

ix)  सशर्त ठूला उद्योगहरूको स्थापनाका लागि बहुराष्ट्रिय कम्पनीहरूको लगानीका लागि वातावरण बताउनुपर्छ यसबाट रोजगारीका साथै राजस्व पनि वृद्धि हुन्छ

 

.  पढेलेखेका शिक्षित व्यक्तिले जागिर नै खानुपर्छ, खेती उद्यम व्यवसाय गर्नुहुँदैन भन्ने धारणा धेरै जसो  व्यक्तिहरूमा रहेको पाइन्छ अर्कोतर्फ व्यावसायिक कृषक उद्यमीहरू भने आधुनिक प्रविधिको प्रयोग गरी व्यवसाय गर्ने अरूलाई जागिर खुवाउने हो नि कहाँ आफैँ जागिर खोज्दै हिँड्ने हो भन्छन् तपाईं  कसको पक्षमा हुनुहुन्छ, आफ्ना तर्कहरू प्रस्तुत गर्नुहोस्

उत्तर:-  व्यावसायिक कृषक उद्यमीको पक्षमा छु किनभने-

i)  जागिर खाने उमेरको हद हुन्छ सो हद पूरा गरेपछि सेवा निवृत्त होइन्छ खेतीपाती उद्यममा उमेरको हद हुँदैन सकुञ्जेल काम गर्न पाइन्छ

ii)  जागिर छोडेपछि सन्तानले सो ठाउँ पाउँछन्, त्यस्तो सुविधा पाउँछन् भन्ने कुनै निश्चित हुँदैन खेतीपाती तथा उद्यममा सन्तानलाई जागिरको खाँचो हुँदैन आफ्नो व्यवसाय रेखदेख गरी जीविका चलाउन सकिन्छ।

iii)  जागिरमा निश्चित रकम तलब सुविधा वापत पाइन्छ खेतीपाती उद्यममा आयको सिमा हुँदैन राम्रो उत्पादन भए वा उद्यम राम्ररी चलेमा राम्रै आय हुन्छ संसारमा नोकरी गर्नेभन्दा उद्यमीहरूले बढी आय आर्जन गरेका छन्

iv)  जागिर खाँदा भविष्य सुरक्षित हुन्छ भन्ने भावना हुन्छ सेवाबाट निवृत्त भएपछि राम्रै रकम पाइन्छ भन्ने आश हुन्छ खेतीपाती तथा उद्यममा पनि भविष्य सुरक्षित हुन्छ यसका लगानी परिश्रम गरे अझ बढी आय हुन्छ।

v)  जागिरमा सरुवा भइरहन्छ आफ्नो उद्यम कृषिमा सरुवा हुँदैन

vi)  जागिरमा काम गर्ने अवधि निश्चित हुन्छ सो समयमा कार्यालय जाने काम गर्नुपर्ने हुन्छ खेतीपाती उद्यममा समय सिमा निश्चित हुँदैन, आफू खुसी काम गर्न पाइन्छ

vii)  जागिरमा हाकिमलाई खुसी पार्नुपर्छ तर आफ्नो उद्यम तथा कृषिमा कसैलाई खुसी पार्नुपर्दैन, आफू खुसी भए पुग्छ।

viii)  जागिरमा जति मिहिनेत श्रम पगरेपनि उही तलब पाइने हो खेतीपाती उद्यममा जति बढी मिहिनेत गर्यो उति नै बढी प्रतिष्ठा आय आर्जन बढ्छ

पाठ-: नेपालमा श्रमशक्ति, रोजगारी उधमशीलता

अभ्यास

नेपालमा रोजगार प्रवर्धन गर्ने उपायहरूको खोजी गरी बुँदागत रूपमा सूची तयार पार्नुहोस्।

उत्तर:- रोजगार प्रवर्द्धन गर्ने उपायहरू:

i)  कृषिलाई व्यवसायीकरण गर्ने, पशुपालन व्यवसायलाई प्रोत्साहन दिने,

ii)  शिक्षा तथा स्वास्थ्य सेवालाई विस्तार गर्ने,

iii)  कृषिमा आधारित उद्योगलाई विस्तार गर्न नीतिगत सुधार ल्याउने,

iv)  दैनिक उपभोगका वस्तु सेवा उत्पादन गर्ने घरेलु उद्योगलाई प्रोत्साहित गर्ने,

v)  कृषि उत्पादनमा आधारित प्रशोधन कार्यलाई प्रोत्साहित गर्ने,

vi)  विप्रेषण रकमलाई उत्पादनमूलक कार्यमा खर्चिने,

vii)  सरकारको पूँजीगत खर्च वृद्धि गर्ने,

viii)  ऊर्जा क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने,

ix)  निर्माण व्यवसायलाई प्रोत्साहित गर्ने आदि

. यहाँ नेपालको रोजगारीको अवस्था झल्काइएको यसमा कसरी सुधार ल्याउन सकिएला ? 

उत्तर:- नेपालको श्रम बजारमा बर्सेनि लाख ५० हजार श्रमशक्ति थपिंदै गएको कुल जनसङ्ख्याको करिब ५७ प्रतिशत जनसङ्ख्या १५ देखि ५९ वर्ष उमेर समूहका आर्थिक रूपले सक्रिय जनशक्ति रहेका छन् उक्त जनशक्तिमध्ये करिब . प्रतिशत पूर्ण बेरोजगार ३० प्रतिशत श्रमशक्ति अर्धबेरोजगार रहेका छन् सक्रिय जनशक्तिको ठुलो हिस्सा कृषिमा आश्रित रहेको अवस्था कृषि क्षेत्रमा पनि आधुनिकीकरण व्यवसायीकरण हुन नसक्दा कृषिमा आश्रित जनशक्ति अर्धबेरोजगारीको चपेटामा परेको अवस्था रहेको स्रोत: श्रम ऐन २०७४ पन्ध्रौं योजना

i)  जनसङ्ख्या वृद्धिदर नियन्त्रण गर्दै लैजाने

ii)  हाल नेपालमा रोजगारीका लागि यथेष्ट अवसर उत्पन्न नहुञ्जेल वैदेसिक रोजगारीलाई प्राथमिकता दिने

iii)  कृषिलाई आधुनिकीकरण व्यवसायीकरण गर्ने

iv)  देशमा प्राविधिक शिक्षालयको स्थापना गरी दक्ष कामदार उत्पन्न गर्ने

v)  आयात प्रतिस्थापन गर्ने दैनिक उपभोगका सामग्री उत्पादन गर्ने साना तथा मझौला उद्योग स्थापना

vi)  गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने

vii)  ठूला उद्योगहरूको स्थापना गर्न बहुराष्ट्रिय कम्पनी वा विदेशी लगानी गर्न सुरक्षित वातावरणको सृजना गर्ने

viii)  राजनैतिक स्थिरता कायम गर्ने

ix)  बचत प्रवृत्ति प्रोत्साहित गरी सादा जीवन अपनाउन अभिप्रेरित गर्ने

. प्रस्तुत सफल उद्यमीहरूका भनाइहरूको अध्ययन गरी ‘मेरो सपनाशीर्षकमा एक सामग्री प्रस्तुत गर्नुहोस्। उद्यमीले बजारमा आवश्यकता पहिचान खोज्नुपर्छ उपभोक्ता के चाहन्छन् भन्ने कुरा पत्ता लगाउनुहोस् उद्यमीले कहिले पनि बनेको पक्की सडकमा गाडी गुडाउँदैन उद्यमशील व्यक्तिले आफ्नो बाटो आफैँ बनाउँछ यदि तपाईं उद्यमी बन्न चाहनुहुन्छ भने बाटो खन्न तयार हुनुहोस् सपना विपनाको तालमेल गरेर व्यवसाय चलाउनेलाई उद्यमशीलता भनिन्छ उद्यमशीलता सिर्जना हो।

मेरो सपना

मेरो पनि एउटा राम्रो पसल चलाई राम्रो आम्दानी गर्ने सपना थियो बाबुआमासँग मलाई धेरै पढाउने आर्थिक क्षमता थिएन मैले पनि कक्षा १० सम्म अध्ययन गरी मोटरसाइकल मरम्मत गर्ने वर्कसपमा काम गरे करिब वर्ष काम गरेपछि मलाई मरम्मत गर्ने सिप हासिल भयो आफ्नो भाइलाई लिएर घर छेउमै मोटरसाइकल मरम्मत गर्ने वर्कसप चलाए। मैले ग्राहकसँग राम्रो व्यवहार गरे। मोटरसाइकल मरम्मत गर्दा लाग्ने सरसामान पनि सिमा पारीबाट झिकाउने बन्दोबस्त मिलाए। गुणस्तरीय सेवा प्रदान गरेको पुरानो मोटरसाइकललाई मरम्मत गरी राम्रो बनाई बेच्ने एउटा पसल पनि छ। आज मैले १५ जनालाई रोजगारी दिएको छु राम्रै आय पनि गरिरहेको छु

. हामी पनि नेपाली उद्यमीको सूचीमा दर्ता किन नहुने ? यस शीर्षकमा एक लेख तयार पार्नुहोस्

उत्तर:- हामीलाई दैनिक उपभोगका लागि कतिपय सरसामानको आवश्यकता पर्छ तर तीमध्ये कतिपय वस्तु हामीले बाहिरबाट फिकाउनु पर्छ हामीले पनि यस्ता वस्तु देशमै उत्पादन गर्दा विदेशको भर पर्नु पर्दैन यसका लागि उद्यमशीलता चाहिन्छ जोखिम वहन गर्ने क्षमता काम गर्ने जागर चाहिन्छ। उद्यमी हुनलाई आवश्यकताको पहिचान गरी सो वस्तु वा सेवा उत्पादन गर्नका लागि वातावरण उपलब्ध , छैन सोको विचार गर्नुपर्छ यदि आवश्यक सेवा वस्तु उत्पादन गर्न सक्ने वातावरण भए सोका लागि आवश्यक सिप पूँजीको प्रबन्ध गरी जोखिम बहन गरी वस्तु वा सेवा उत्पादन गरी बिक्री प्रवर्द्धनका लागि उपाय गर्नुपर्छ। बजार पाएपछि सौ सेवा वस्तुको उत्पादनले निरन्तरता पाउँछ अनि हाम्रो नाम पनि उद्यमीको सूचीमा दर्ता हुन्छ

. ‘आलश्य कार्यनाशाय, बुद्धिनाशाय निर्धनीअर्थात् जो व्यक्ति अल्छी गर्छ, त्यसको कार्य नाश हुन्छ वा बेइलमी हुन्छ, बेइलमी भएपछि बुद्धिनाश हुन्छ, कार्य बुद्धि नाश भए पछि निर्धन वा गरिब हुन्छ चाणक्य नीतिको यस भनाइलाई पुष्टि गर्ने एक कबाको दृष्टान्त तयार पार्नुहोस्

उत्तर:- कुनै गाउँमा एकजना रामबहादुर साहु भन्ने व्यक्ति थिए उसको एउटा पसल थियो। पसल राम्रोसँग चल्थ्यो पसलबाट कमाएको पैसाले खेत जग्गा किने उनको दुईजना छोराहरू पनि थिए- हरि रमेश। दुवैलाई राम्रै विद्यालयमा पढाएका थिए। साहुका जेठा छोरा हरिलाई पढ्न मन लाग्ने तर कान्छा छोरा रमेशलाई खेल्न मन लाग्ने रामबहादुर साहु बुढो हुँदै गए। दुवै छोरालाई अंश दिने निर्णय गरे अनि दुवै छोराहरूलाई उनीहरूले पाउने अंश वापत एउटा एउटा घर, / बिघा खेत / लाख नगद बाँडिदिए केही समय पछि रामबहादुर साहुले यस संसारबाट बिदा लिए। साहुका जेठा छोरो हरिले आफ्नो घरैमा पसल थापे श्रीमतीलाई बेलाबेलामा खेत हेर्न पठाउँथे यता कान्छा छोरा रमेशलाई भने बस किनेर चलाउने रहर चल्यो बैङ्कबाट पैसा लिएर बस खरिद गरे। बसले राम्रो कमाइ गर्दै गयो कमाइ बढेपछि साथीहरू पनि बढे साँझमा साथीहरूले रमाइलो गर्न भने साथीहरूसँग रमाइलो गर्दा बसको आम्दानी खर्च भएको पत्तै भएन बैङ्कबाट व्याजमा बस किन्न लिएको पैसा बैङ्कलाई तिर्न सकेनन् आफूले अंशमा पाएको खेत बेचेर सो पैसा बैङ्कलाई तिरे साथै भएको अलिअलि पैसा पनि मोजमस्तीमै सकाए आज ऊसँग एउटा घरमात्र बाँकी रहेको उता हरि कहिले पनि कुलतमा लागेन आफ्नो पेसा व्यवसायमा दत्तचित्त भएर लागे फलस्वरूप उनले एउटा घर पनि किने साथै १० वर्षमा त्यस्तै लाख जति पैसा बैङ्कमा जम्मा गर्न पनि सफल भए

पाठ-७: सरकारी वित्त

 

अभ्यास

. सरकारी खर्चको उपयोग पारदर्शी न्यायोचित रूपमा गर्नुपर्दछ भन्ने आशयको सुझावपत्र तयार पारी स्थानीय तहमा पठाउनुहोस्

विनितापुर

१०/ ०३/२०७७

श्रीमान्

अध्यक्ष महोदय,

विनितापुर गाउँपालिका, बिनितापुर

विषय: सुझावबारे

महोदय,

पत्रपत्रिकामा सरकारी खर्च पारदर्शी नभएको समाचार आई रहन्छ भ्रष्टाचार भयो, सरसामान खरिदमा अनियमितता भयो सड़क मरम्मतको खर्चमा गडबढी गरियो भन्ने पत्रपत्रिकामा पढिन्छ यसकारण सरकारी खर्च पारदर्शी होस् भन्ने आशयले मैले केही सुझाव दिन चाहेको छु

. कुनै पनि सामान खरिद गर्दा खरिद आदेशका आधारमा पसलमा खरिद गरेपछि सक्कली बिजक लिने गर्नुपर्छ सामान खरिद गर्दा सो वस्तु अन्य पसलमा के कति मूल्यमा पाइन्छ, सो पनि सोध्नुपर्छ जहाँ गुणस्तरीय वस्तु उचित भाउमा पाइन्छ, त्यही लिनुपर्छ

. संधै काम लाग्ने वस्तु बढी परिमाणमा खरिद गर्दा केही सस्तो पर्ने हुँदा त्यस्ता वस्तुको टेण्डर आव्हान गरी सबभन्दा कम मूल्य भएको टेण्डर सदर गर्ने

. मरम्मतसम्भारको काममा प्रतिष्ठित निर्माण व्यवसायीलाई काममा लगाउने यसरी काममा लगाउँदा इन्जिनियरसँग कामअगावै अनुमानित खर्चको व्यहोरा लिने निर्माण व्यवसायीले कबोल गरेको भाउसँग तुलना गर्ने कबोल गरेको भाउ आफूलाई कम पर्न गयो भने सो काम दिने साथै समयमा काम पूरा नगर्ने व्यवसायीलाई दण्ड गर्ने यस्ता प्रावधान करारपत्रमा उल्लेख गर्नुपर्ने

. सरकारी खर्चको विवरण दुरुस्त राख्ने यस्ता विवरण सकेसम्म सार्वजनिक गर्ने

. आन्तरिक लेखापरीक्षण गराउने गाउँसभामा यस्ता खर्चको विवरण सार्वजनिक गर्ने

. निर्माण कार्य गर्दा समिति बनाई कार्य थालनी गर्ने यस्ता समितिमा अनुभवी व्यक्तिलाई पनि स्थान दिने

मलाई आशा तपाईंले यस सुझावलाई विचार गरी जनताबाट उठेको करको रकम खर्चमा परादर्शी न्यायोचित भएको विश्वास जनतामा पुगोस् भनी कार्य सम्पादन गर्नुहुनेछ

भवदीय

लालबहादुर

वडा नं.

. देश निर्माणमा सरकारी खर्चको भूमिका विषयमा एक लेख तयार पार्नुहोस्

देश निर्माणमा सरकारी खर्च

देश निर्माणमा सरकारको ठूलो भूमिका हुन्छ सरकारले नै निजी क्षेत्र तथा सहकारी क्षेत्रलाई नियम बनाई नीति बनाई आर्थिक विकासमा सहकार्य गर्न प्रेरित गर्छ देशमा शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, विद्यूत, कृषि, उद्योग आदि विभिन्न क्षेत्रमा नीति निर्देशनका साथै निर्माणको काम गरिन्छ देशमा आवतजावत सुगम गर्न सडक रेल, हवाई सेवा आदिको विस्तार गर्न, स्वास्थ्य संस्थाहरूको स्थापना गर्न, उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय स्थापना गर्न, पर्यटन क्षेत्रको विकासका लागि निर्माण गर्न, सञ्चार सेवा सुविधाका लागि विभिन्न माध्यमको स्थापना आदिमा सरकारले खर्च गर्छ जनतालाई प्रत्यक्ष लाभ हुने शिक्षा, यातायात, सञ्चार, स्वास्थ्य क्षेत्र, विद्युत आदिमा लगानी सरकारले नै गर्छ जनतालाई विभिन्न निकायको स्थापना गरी रोजगारी प्रदान गर्ने काम पनि सरकारले नै गर्छ। दक्ष जनशक्ति उत्पादन गर्न, स्वास्थ्य सुविधा पुऱ्याउने आदि विभिन्न काममा सरकारले खर्च गर्छ। कृषि कार्यका लागि अनुदान दिने, शिक्षामा गरिब तथा योग्य विद्यार्थीले पढ्न पाउन भनी छात्रवृत्ति प्रदान गर्ने, सञ्चार क्षेत्रको विकास आदिको काममा सरकारले खर्च गर्छ सरकारी खर्चले देशको सामाजिक, आर्थिक, सांस्कृतिक विकासलाई टेवा मिल्छ जति सरकारी खर्च देश निर्माणमा हुन्छ उति नै जनताको जीवनस्तरमा सुधार आउँछ यसकारण देश निर्माणमा सरकारी खर्चको ठूलो महत्त्व हुन्छ

Download PDF File


Getting Info...

About the Author

A free online educational resource provider.

Post a Comment

Please do not enter any spam link in the comment box.
Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.